विद्यार्थीलाई कविता लेखन प्रशिक्षण

भक्तपुर १८ साउन । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमी(सेकेन्डरी स्कुल)ले कविता लेखन प्रशिक्षण गरेको छ ।

माध्यमिक तहमा अध्ययनरत विद्यार्थीलाई साहित्य तथा कविता लेखनबारे जानकारी दिएर उनीहरुको सिर्जनात्मक क्षमता वृद्धि गर्न प्रशिक्षण दिइएको विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले जानकारी दिए ।

‘विद्यार्थीहरुमा कविता लेखनको सीप विकास गर्न तथा उनीहरुलाई कविता लेख्ने तरिकाबारे जानकारी दिन प्रशिक्षण दिइएको हो ।’ प्रिन्सिपल कवांले भने ।

प्रशिक्षणमा सञ्चारकर्मी एवं स्रष्टा हरिसुन्दर छुकांले कविता लेखनको विषयमा कक्षा सञ्चालन गरेका थिए । सोही अवसरमा प्रिन्सिपल कवां, सहायक प्रिन्सिपल रत्नवीर किसी तथा विद्यार्थीहरुले पनि कविता वाचन गरेका थिए ।

कविता लेखन सम्बन्धमा विद्यालयका विद्यार्थीहरुलाई दिइएको प्रशिक्षणका क्रममा कविता लेखनले विद्यार्थीलाई पुगेको लाभका विषयमा चर्चा भएको थियो ।

:840 Views

Leave a Reply