विद्यार्थीले दिलाए मनोरञ्जन

काठमाडौं । स्कुल पढ्ने ससाना विद्यार्थीले राजधानीबासीलाई मनोरञ्जन दिलाएका छन् । गीत, नृत्य प्रदर्शन गरी उनीहरुले आफना अभिभावक, शिक्षक, विद्यार्थीलाई मनोरञ्जन प्रदान गरेका हुन् ।
राजधानीको ताम्सिपाखास्थित न्यु जेनिथ इग्लिश मोडेल स्कुलको राजधानीमा सम्पन्न भएको २० औं अभिभावक दिवसका अवसरमा विद्यार्थीले आआफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् । कार्यक्रममा स्कुलमा एकदेखि १० सम्म अध्ययनरत विद्यार्थीले विभिन्न गीतमा नृत्य प्रदर्शन गरेका थिए । साथै उनीहरुले आफूहरुसँंग भएका विभिन्न प्रतिभा पनि प्रदर्शन गरेका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल राजु महर्जन, काठमाडौं महागरपालिका वडा नं १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जन, विद्यालयका अध्यक्ष पुष्पलाल श्रेष्ठलगायतका विद्यार्थीको चौतर्फी विकासमा जोड दिएका थिए ।

:324 Views

Leave a Reply