विद्यालयको स्वर्णजयन्तीमा सरसफाइ(फोटो फिचर)

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको सौडोलमा रहेको देवी माध्यमिक विद्यालय स्थापनाको ५० वर्ष पुगेको छ ।
विक्रम सम्वत २०२५ साल मंसीर १९ गतेका दिन स्थापित सो विद्यालय भक्तपुरका राम्रा विद्यालयहरुमध्येमा एक हो । भक्तपुर जिल्लाको पूर्वी भेगको उत्कृष्ट विद्यालय बन्न सफल सो विद्यालय स्थापनाको स्वर्ण जयन्तीको अवसरमा विभिन्न कार्यक्रम तय गरेको छ । थुप्रै कार्यक्रमहरुमध्ये स्वर्णजयन्ती समारोहको पूर्व संन्ध्यामा विद्यालयले च्याम्हासिँह– नाला सडकको फैढोका सडक खण्डदेखि विद्यालयसम्म सरसफाइ गरिएको छ ।
विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीयको सहयोगमा भएको सरसफाइका केही प्रतिनीधि फोटोहरु ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णराम बासुकला विद्यालयको प्राङ्गण सफाइ गर्दै ।

 

देवी माविको भवन । फोटो :हरिसुन्दर

सफाइमा विद्यार्थी तथा शिक्षक । उनीहरुले हातमा पञ्जा लगाएर, कुचो बोकेर बाटोमा रहेका फोहोर टिपेका थिए ।

फोटो साभार : चन्द्रबहादुर थुयाजु । थुयाजू सो विद्यालयका शिक्षक हुन् ।

:823 Views

Leave a Reply