विद्यालयमा ‘इन्टिग्रेटेड प्रोजेक्ट’, कक्षागत भ्रमणको योजना

ललितपुर, १२ मंसीर। ललितपुरस्थित सुदेशा स्कुलका बिद्यार्थीले ‘इन्टिग्रेटेड प्रोजेक्ट’ अन्तर्गत विभिन्न ठाउँमा भ्रमण गरेका छन्।

कक्षाकोठाभन्दा बाहिर नयाँ कुरा सिक्नका लागि कक्षा ७ का विद्यार्थीले खोकनाको ऐतिहासिक खोकना संस्कृतिको अवलोकन गरे भने कक्षा ३ का विद्यार्थीले सन्तानेश्वर, झरुवाराशिको भ्रमण गरेका थिए।

कक्षा २ का विद्यार्थीले कार्यविनायकको भ्रमण गरेका थिए भने कक्षा ८ का विद्यार्थीले छम्पीको यडू फार्म भ्रमण गरे। त्यस्तै कक्षा ५ का विद्यार्थी श्रीकाली र कक्षा ४ विद्यार्थी फर्पिङ गएका थिए।

त्यस्तै गरी आगामी दिनमा कक्षा ६ का विद्यार्थी रानीबारी सामुदायिक वन, कक्षा ९ सार्क सचिवालय, कक्षा १ टौदह भ्रमणको योजना गरिएको छ।

:526 Views

Leave a Reply