विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिन जरुरी छ

भक्तपुर । दिब्य दिप ज्योति इंग्लिस सेकेन्डरी स्कुल किण्डर वल्र्ड लोकन्थलीको तेस्रो बार्षिकोत्सव तथा दिक्षान्त समारोह एक कार्यक्रमका बीच सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथी तथा मध्यपुर थिमिका उपप्रमुख अन्जनादेवी मधिकर्मीले विद्यालयले प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने बताउँदै जीवन उपयोगी शिक्षा अबको आवश्यकता रहेको बताए ।
विद्यालयका संस्थापक प्रिन्सिपल सेमन्तराज सुवेदीले स्कुलका नर्सरी, जेकेजी र एसकेजीका ७० जना विद्यार्थी समारोहमा सहभागी भएको र ११ जना उत्कृष्ट विद्यार्थी दिक्षीत भएको बताए ।
ज्येष्ठ नागरिक समाजका अध्यक्ष महाप्रसाद पराजुली, भक्तपुर पत्रकार महासंघका अध्यक्ष पुष्करराज बुढाथोकी, अमिनटी स्कुलका प्रिन्सिपल सूर्यबहादुर भण्डारी लगायतले विद्यालयको निरन्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम र प्रतिभा प्रस्तुत गरेका थिए ।

:658 Views

Leave a Reply