विद्यालय र समुदायमा सरसफाई बारे सुदेशाका विद्यार्थीको प्रस्तुती

ललितपुर, १२ भदौँ । ललितपुरको सुदेशा स्कुलमा ‘एकता टोल सरसफाई कार्यक्रम समिक्षा र प्रस्तुतीकरण’ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सुदेशा स्कुलको कक्षा ४ का नानिबाबुहरुले आफ्नो विद्यालय र समुदायलाई कसरी सफा राख्ने र फोहोर व्यवस्थापनसम्बन्धि अध्ययन प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यार्थीले यसअघि एकता टोलको भ्रमण, अध्ययन, सरसफाई र फोहोर ब्यवस्थापन गरेका थिए।

कार्यक्रममा एकता टोल विकास संस्थाका प्रतिनिधि, ललितपुर महानगर वडा न. ४ का जनप्रतिनिधि, फोहोरमैला ब्यवस्थापनको क्षेत्रको काम गर्दै गरेको संस्था नेप्सेम्याक, महिला समूह लगायतको सहभागिता रहेको थियो ।

:273 Views

Leave a Reply