विद्यालय सुधार्ने एउटा काइदा !

ajayameru

जेयमेरु गाउँपालिकामा चारवटा बोर्डिङ स्कुलहरु थिए । तिनीहरुमध्ये एउटा त बन्दै भइसकेको छ । बाँकी तीनवटामा विद्यार्थीको अनुपात गत वर्षभन्दा घटेको अवस्था छ । यसको मुख्य कारण हामीले सरकारी स्कुलहरुमा अँग्रेजी माध्यमबाटै पठनपाठन थालनी गरेर हो । सरकारी स्कुलमै अँग्रेजी माध्यमबाट पढाइ हुन्छ भने किन हामीले निजि स्कुलमा पठाउने ? भन्ने छाप अभिभावकमा पार्याैं भने त स्वभाविक रुपमा सरकारी स्कुलमा बालबालिकाहरु बढ्छन् ।

हुन त अँग्रेजी माध्यमबाट पढाइ गर्नु भनेको भाषा सिकाउने प्रयास गरेको हुँ । भाषा त्यति महत्वको विषय त हैन तर  अहिले बजारमा जो अभिभावकहरुको रचि छ, अँग्रेजी भाषाप्रतिको मोह जुन छ, त्यसैलाई मध्यनजर गरी यो शैक्षिक सत्रबाट अँग्रेजी माध्यमबाट पठनपाठन थालिएको हो ।

अँग्रेजी  माध्यम भयो भने अभिभावकहरुमा सन्तानले प्रतिस्पर्धा गर्न सक्छन् भन्ने धारणा छ । निजिप्रति अभिभावकको आर्कषण बढ्नुमा अँग्रेजी भाषा मोह नै हो । त्यही भएकोले हामीले सरकारी विद्यालयहरुमा, अँगे्रजी माध्यमबाट पढाइ गर्न सक्यौं भने अभिभावकहरु पनि खुसी हुन्छन् । त्यसो भएपछि सरकारी स्कुलमा पनि अभिभावकले सन्तान पढाउन थाल्छन् । अँग्रेजी माध्यमबाट पठनपाठन गर्यौं भने गुणस्तर पनि दिन सहयोगी हुन्छ ।

सरकारी स्कुलमा अँग्रेजी माध्यमबाट पठापाठन गराउने भन्ने विषय निश्चित रुपमा सजिलो विषय भने होइन । अँग्रेजी विषय र भाषालाई नेपाली भाषामा पढाउने प्रचलन भएको हाम्रो ठाउँमा अँग्रेजी भाषामा मात्र पढाउने कुरा त निक्कै चुनौतिको विषय हो तर  त्यो चुनौतिलाई हामीले चिर्नका लागि हामीले सरकारी स्कुलका शिक्षकहरुलाई तालिम दिएका छौं । अँग्रेजी भाषाबाट पढाउन सक्ने ल्याकतका जनशक्ति बनाएका छौं । शिक्षकहरुलाई हामीले विज्ञ तालिम प्रशिक्षकबाट एकहप्ताको तालिम दिएका छौं । यो बाहेक हामी ती शिक्षकहरुलाई पुनः तालिम दिन्छौं । यसमा अर्को चुनौतिका रुपमा जनक शिक्षा सामग्रीबाट उत्पादन भएका अँग्रेजी माध्यमबा पाठ्यपुस्तकहरु पर्याप्त मात्रामा पाइएको अवस्था छैन । त्यसले पनि हाम्रो यो अभियानमा चुनौति बढेको छ । तर त्यसलाई हामीले समन्वय गरिरहेका छौं ।

डडेल्धुराको अजयमेरु गाउँपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि अभिभावक खुशी भएका छन् । यो शैक्षिकसत्रबाट सरकारी स्कुलमै अंग्रेजी भाषामा पढाइ भएपछि अभिभावकले निजि विद्यालयमा भर्ना गर्न छाडेका छन् । अजयमेरुका सबै विद्यालयका शिक्षकलाई अंगे्रजी माध्यमबाट पढाउनका लागि तालीमको व्यवस्था गरिएको र कमजोर रहेको विद्यालयमा शिक्षकको व्यवस्था गर्ने गरी अंग्रेजी माध्यमबाट पढाइ शुरु गरिएको गाउँपालिका अध्यक्ष उमेश भट्टको भनाइ छ । उनीसँग नुवागीले गरेको कुराकानीको सार ।

:516 Views

Leave a Reply