विनायकका जलज National MMTQP अवार्डबाट पुरस्कृत

क्वेष्ट नेपालको आयोजनामा सम्पन्न १४ औं एसक्युसी राष्ट्रिय सम्मेलनमा विनायकका मेधावी तथा प्रतिभावान विद्यार्थी जलज प्रजापतिले प्रसिद्ध ःःMMTQP National अवार्ड–२०१८ बाट पुरस्कृत भएका छन् । देशभरिका १ सय भन्दा बढी विद्यालयका हजारौं विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धा गरी उत्कृष्ट ‘टप टेनमा’ छनौट भई राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट ‘टप फार्इृभ’ मा छनौट हुन सफल जलज नगद पुरस्कार रू.पाँच हजार सहित ट्रफि र प्रमाणपत्रबाट पुरस्कृत भएका हुन् । विद्यालयका सहायक प्रिन्सिपल तथा मास्टर टे«नर प्रेमप्रसाद निरौला र Fecilitator शालिकराम वलीको नेतृत्वमा ग्यालेक्सी स्कुल, काठमाडौंमा भएको छनौट कार्यक्रममा जलजले उत्कृष्ट प्रस्तुति दिई सबैलाई पछाडि पारी उक्त मानसा मेमोरियल टोटल क्वालिटि पर्सन-MMTQP_ National Award जितेका हुन् । स्मरण रहोस् जलज प्रजापति एडभान्स हबद्धारा आयोजित MMTQP लिखित परीक्षामा भक्तपुरका सम्पूर्ण विद्यार्थीलाई पछी पार्दै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएका थिए ।

:1077 Views

Leave a Reply