विनायकका विद्यार्थीहरू दीक्षित

मध्यपुर ठिमी, भक्तपुर । विनायक शिक्षा निकेतन ई.स्कुलले पूर्व प्राथमिक तहमध्ये कक्षा एस.के.जी.मा अध्ययनरत विद्यार्थीहरूको दिक्षान्त समारोह सम्पन्न गरेको छ ।
विनायकको एचभ(ीभखभ िद्ययिअप मा अभिभावकहरूको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा विभिन्न विधा तथा खेलकूदका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण समेत गरिएको थियो । अभिभावकहरूले मुक्तकण्ठले प्रशंसा गरेको उक्त कार्यक्रममा विद्यार्थीहरूले वर्षभरि गरेका विविध गतिविधिहरूलाई प्रदर्शन समेत गरिएको थियो । पूर्व प्राथमिक तहका शिक्षिकाहरूको संयोजनमा आयोजित उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यार्थीको चौतफी विकास हुने क्रियाकलाप गर्न र गराउन कुनै कसर बाँकी नराख्ने र विशेष गरेर यी कलिला विद्यार्थीलाई उत्प्रेरणा जगाउने शिक्षण विधिको प्रयोग गर्दै स्तरीय र प्रयोगात्मक शिक्षा विद्यालयले दिइरहेको जानकारी दिए ।

:405 Views

Leave a Reply