विनायकको वर्ष शिक्षक अवार्ड मञ्जु श्रेष्ठलाई

भक्तपुर, २५ चैत्र । भक्तपुरको मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन ईङ्लिश सेकेण्डरी स्कुलले मञ्जु श्रेष्ठलाई वर्ष शिक्षक अवार्ड प्रदान गरेको छ । शनिबार भएको ३० औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

त्यस्तै २० वर्षभन्दा बढी दिगो सेवा दिएका शिक्षक शिवहरि प्रजापति र शिक्षिका इन्द्रलक्ष्मी श्रेष्ठलाई नगद रू.२५ हजार एकले सम्मान गरिएको थियो । प्रदेश सभा सदस्यहरू डा. राजेन्द्रमान श्रेष्ठ र प्रतिमा श्रेष्ठले एस.किउ.सि नेशनल अवार्डका विजेता विद्यार्थी जलज प्रजापति र गीत संगीतका क्षेत्रका उदयमान विद्यार्थी आश्रय रन्जितलाई विशिष्ट प्रतिभा सम्मान–२०७५ बाट सम्मानित गरेका थिए ।

विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले विद्यालयलाई प्रेरणा र सुझाव दिएकोमा अभिभावक तथा शिक्षक–शिक्षिकालाई धन्यवाद दिए ।

‘द लिजेण्ड अफ विनायक’ प्रतियोगितामारूजल धौवञ्जार उत्कृष्ट गायन पस्कर्दै विजेता बन्न सफल भएका थिए । साना विद्यार्थीले विभिन्न संस्कृति र परम्पराका भेषभुषा प्रर्दशन गरेका थिए ।

कार्यक्रममा मध्यपुर ठिमी नगरपालिकाको उपमेयर अञ्जना मधिकर्मी, प्याब्सन केन्द्रीय सचिव भुवनलाल श्रेष्ठ, भक्तपुर प्याब्सनका अध्यक्ष चन्द्र अधिकारी, मध्यपुर नगर प्याब्सनका अध्यक्ष निलेश आचार्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संस्कृति तथा शिक्षाविद गणेशराम लाछीलगायतको सहभागीता थियो ।

:634 Views

Leave a Reply