विनायकमा एसक्युसी सम्मेलन, विज्ञान तथा ईको प्रदर्शनी

मध्यपुर ठिमी, भक्तपुर । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई.स्कुलले फागुन १६ गते एसक्युसीको कक्षा ६ र ७ को कक्षा सम्मेलन तथा सिनियर र जुनियर गरी २ खण्डमा ईको तथा विज्ञान प्रदर्शनी आयोजना गरेको छ । मध्यपुर ठिमी नगरपालिका शिक्षा शाखा प्रमुख बालकृष्ण गैरेको प्रमुख आतिथ्य र क्वेस्ट नेपालका अध्यक्ष राजकुमार महर्जनको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विज्ञान तर्फ २४ ओटा समूह र ईको तर्फ २४ ओटा गरी जम्मा ४८ ओटा समूहले प्रतिस्पर्धामा सहभागी भएका थिए ।

त्यस्तै गरी कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूले एसक्युसीको कक्षा सम्मेलन गरी आफू भित्रको क्षमतालाई अभिभावक समक्ष प्रस्तुत गरेका थिए । एसक्युसी मध्यपुर हवका संयोजक सोमकृष्ण प्रजापति र क्रियटिभ लर्नर्स एकेडेमीका प्रिन्सिपल कृष्णहरि श्रेष्ठ तथा विद्यालयका संयोजक शैलेन्द्र भट्टराई अनि मास्टर ट्रेनर थमन बस्नेत निर्णायक रहेका थिए । कार्यक्रममा विज्ञान र ईको तर्फ हरिगोपाल भूजू र तुल्सीहरि प्रजापति निर्णायकको भूमिकामा रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूले विनायकले विद्यार्थीहरूमा गरेको लगानीप्रति मुक्त कण्ठले प्रशंसा गरे साथै कार्यक्रमका सभापति तथा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले समय–सापेक्ष र युग सुहाउँदो शिक्षाका लागि अवका दिनमा सचेत भएर लाग्नुपर्ने कुरा बताए ।

:404 Views

Leave a Reply