विनायकमा पत्रकारिता र ग्रामीण विकास विषयको अध्यापन हुने

भक्तपुर, १५ असोज । मध्यपुरथिमीस्थिती विनायक शिक्षा निकेतन सेकेन्डरी स्कुलले २०७४ सालको एसईई पूरक परीक्षामा परीक्षा दिएर पनि अनिवार्य गणित विषयमा डी र ई ल्याएका तथा मानविकी पढ्न चाहने विद्यार्थीहरूका लागि पत्रकारिता (Mass Communication) र ग्रामीण विकास (Rural Development) विषयसहित पठन–पाठन हुने कुरा विद्यालय प्रशासनले जानकारी दिएको छ । विशेष गरेर शिक्षाको अवसरबाट कुनै पनि विद्यार्थीले बञ्चित हुन नपरोस् भनेर तथा पत्रकारिता र ग्रामीण विकासका क्षेत्रमा सशक्त रूपमा आजका युवा पुस्ता÷भोलिका यस देशका कर्णधारहरूले लाग्नु पर्दछ भन्ने उद्देश्य राखी ती विषयहरू पठन–पाठन गरिने विद्यालय स्रोतको दावी छ । हाल यस विद्यालयमा होटेल म्यानेजमेन्ट विषयसहित व्यवस्थापन संकायको पठन–पाठन भइरहेको छ ।

:771 Views

Leave a Reply