विनायकमा परम्परागत तथा पुरातात्विक महत्वका वस्तुहरूको प्रदर्शनी

मध्यपुर ठिमी, भक्तपुर । शिक्षा, संस्कृति र सभ्यताको संवाहक बनी नेपालकै राष्ट्रिय शिक्षा विकासको धरोहरको रुपमा रहेको विनायक शिक्षा निकेतन ई.स्कुलले आफ्नो स्थापनाको ३१ औं जन्मोत्सवको अवसरमा परम्परागत तथा पुरातात्विक महत्वका वस्तुहरुको प्रर्दशनी कार्यक्रमको आयोजना गरेको छ ।

स्थानीय पाठ्यक्रम तथा शिक्षाको राष्ट्रिय उद्देश्य अनुरुप कक्षा ६,७ र ८ कक्षाका विद्यार्थी तथा पेशा र व्यवसाय अध्यापन गराउने शिक्षक–शिक्षिकाहरुको संयुक्त प्रयासमा आयोजित उक्त प्रर्दशनीमा विद्यार्थीहरुले आ–आफ्ना घरमा भएका धेरै पूराना तथा पुरातात्विक दृष्टिले महत्वपूर्ण सामग्री, त्यसको परिचय र कार्य तथा विवरण सहित प्रदर्शनीमा राखेका थिए । मध्यपुर ठिमी न.पा, शिक्षा शाखा अधिकृत नेत्रप्रसाद दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो सांस्कृतिक पोशाकमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन समेत गरेका थिए । कक्षा–११ का विद्यार्थी रोमिन लामाले सञ्चालन गरेको तथा इन्द«कला राईले सुमधुर स्वरमा स्वागत गीत गाएको उक्त कार्यक्रममा स.प्रिन्सिपल प्रेमप्रसाद निरौलाले स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आ–आफ्नो सांस्कृतिक पहिचानका यस्ता कार्यक्रमहरु आयोजना गर्ने गरेको कुराहरु बताए । कार्यक्रमको उद्देश्य बारे शिक्षिका सन्ध्या झाले प्रकाश पारेका थिए ।

:470 Views

Leave a Reply