विनायकमा लागु औषधी विषयमा अभिमुखिकरण कार्यक्रम

मध्यपुर ठिमी । मध्यपुर ठिमीमा अवस्थित विनायक शिक्षा निकेतन ई. सेकेण्डरी स्कूलमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको लागि लागुपदार्थ दुव्र्यशन र महिला हिंसाका सम्बन्धमा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ ।

विद्यालय, महानगरीय प्रहरीवृत थिमी र मध्यपुर चेतनशील युवा क्लवको संयुक्त पहलमा विद्यार्थीहरुलाई लागुपदार्थ दुव्र्यसन र यसबाट कसरी बच्ने तथा घरेलु हिंसा र महिला हिंसाबाट कसरी बच्ने र बचाउने भन्ने विषयमा भएको सो अभिमुखिकरण कार्यक्रममा विद्यार्थीहरुले आफ्ना धारणा र दृष्टिकोण समेत राखेका थिए । कक्षा ११ की छात्रा रोमिन लामाले आफ्नो दृष्टिकोण राख्दै शुरु भएको उक्त कार्यक्रममा महानगरीय प्रहरीवृत थिमीका इन्स्पेक्टर पञ्चलाल गोले र स. इ. सिर्जना पोखरेलद्वारा भयावह समस्याका रुपमा समाजमा देखापरेको लागुपदार्थ दुव्र्यशन र महिला हिंसाका विषयमा समयमै सजग रहन सबैलाई सचेत पारेका थिए ।

:417 Views

Leave a Reply