विनायक स्कुलद्वारा धिमे खललाई धिमे प्रदान

मध्यपुर ठिमी, भक्तपुर . “हाम्रो संस्कृति, हाम्रो सम्पति, हाम्रो परम्परा, हाम्रो गौरव” भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै आएको विनायक शिक्षा निकेतन ई.सेकेण्डरी स्कुलले आफ्नो स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा एकजोर भुस्या र एउटा धिमे प्रदान गरेको छ । स्थानीय कला, संस्कृति, परम्परा र जात्रा पर्वलाई हरेक पिढिले संरक्षणमा भूमिका खेलुन भन्ने उद्देश्य राखी विश्वविनायक धिमे खलःचपाचो र नित्यनाथ धिमे खलः भूलाखेललाई प्रमुख अतिथि प्रदेश सभा सांसद डा.राजेन्द्रमान श्रेष्ठ र विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रिन्सिपल प्रजापतिले सनातनलाई बचाउन र संस्कृतिको संरक्षण गर्नका लागि विद्यालय स्थापना कालदेखि नै निरन्तर लागि परेको र अझ पनि लागिरहने बताए ।

:457 Views

Leave a Reply