विमल मेमोरियलको १४ औं वार्षिक तथा अभिभावक दिवस सम्पन्न

भक्तपुर, २७ मंसिर । भक्तपुर जोरपाटीस्थित विमल मेमोरियल स्कुलले आफ्नो १४ औं वार्षिक तथा अभिभावक दिवस र एसईई सम्मान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय प्राङ्गणमा भएको उक्त कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गीत, भेषभुषा प्रदर्शनी, नाटक प्रदर्शन गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं सुर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले अहिले समयमा परीक्षा उत्तीर्ण मात्र भएर नपुग्ने बताएका थिए । उनले विद्यार्थीहरुलाई अत्तिरिक्त क्रियाकलापमा पनि सहभागी हुन आग्रह गरेका थिए । कार्यक्रमका अतिथी सुनपा वडा नं. १० का अध्यक्ष शिवराम राउतले यस विद्यालयको सबै गतिविधी हेरिरहेको र यस विद्यालयलाई यस वडाको उत्कृष्ट विद्यालय बनाउन शुभकामना दिएका थिए ।

कार्यक्रममा गत वर्ष उत्कृष्ट ५ जिपिए ल्याउन सफल कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने नियमित विद्यालय आउने विद्यार्थीहरुलाई पनि पुरस्कृति गरिएको थियो । त्यसैगरी गत वर्ष यस विद्यालयबाट एसईई उत्तीर्ण विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. बच्चुराम कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष जि.बी. खड्का, युज्दोका अध्यक्ष राम दुवाल, शिक्षक अभिभावक संघका अध्यक्ष सुमित्रा खत्रीले आफ्नो विचार व्यक्त गरेका थिए ।

:444 Views

Leave a Reply