वेलफेयरद्वारा एसईई सम्मान एवं पुरस्कार वितरण

मध्यपुर थिमि – मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधरचोकस्थित वेलफेयर एकेडेमीद्वारा एसईई सम्मान एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गरियो । विद्यालय व्यवस्थापन समितिका सदस्य गोविन्द कृष्ण गोजा श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा प्रदेश नं. ३ का सांसद डा.राजेन्द्रमान श्रेष्ठले कार्यक्रम उद्घाटन गर्दै न्यूनशुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको वेलफेयर एकेडेमीले गुणात्मक शिक्षाको विकासमा पु¥याएको योगदानको प्रशंसा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका श्रेष्ठले शिक्षा प्राप्त गर्नुको अर्थ व्यक्ति सक्षम, योग्य, स्वाभीमानी र स्वावलम्बी हुनुपर्ने बताए ।
कार्यक्रममा केन्द्रिय प्याब्सन सचिव राजकुमार महर्जनले सन्देश मुलक कथा सुनाउँदै शिक्षक, विद्यार्थी र अभिभावक बिच निरन्तर संवाद सहकार्य पछि मात्रै शिक्षाको गुणस्तर बढ्ने बताए । कार्यक्रममा प्राञ्जल नेपालका अध्यक्ष डिल्लीराम गौतम, मथिनपा वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, स्रोतव्यक्ति राज्यलक्ष्मी श्रेष्ठ, अभिभावक श्याम श्रेष्ठ, पूर्व प्रिन्सिपल दुर्गाप्रसाद अधिकारी लगायतका अतिथि वक्ताहरुले वेलफेयर एकेडेमीले शिक्षासँगै असल संस्कार दिएर विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाएकोमा प्रसन्नता व्यक्त गर्दै शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा वेलफेयर एकेडेमीद्वारा शिक्षाको गुणात्मक विकास र विस्तारमा पु¥याएको योगदानको प्रशंसा गर्दै प्रदेश नं. ३ का सांसद डा.राजेन्द्रमान श्रेष्ठलाई अभिनन्दन गरिएको थियो । वेलफेयर एकेडेमीकी प्रिन्सिपल अनिता श्रेष्ठले न्यूनशुल्कमा गुणस्तरीय शिक्षा दिदैं आएको वेलफेयर एकेडेमीले साधन र स्रोतले भ्याएसम्म विद्यार्थीहरुलाई अतिरीक्त क्रियाकलाप मार्फत क्षमता विकास र प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्दै आएको बताउनु भयो । कार्यक्रममा एसईई परीक्षा २०७३ र ०७४ मा सफल विद्यार्थीहरुलाई रातो टिका, खादा, प्रमाणपत्र र पदकबाट सम्मानित गरियो । विद्यालयको वार्षिक एवं अतिरीक्त क्रियाकलापमा उत्कृष्ट भएका झण्डै एकसय विद्यार्थीलाई पुरस्कृत गरिएको विद्यालयकी शिक्षिका भावना भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा १० मा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई नगद क्रमशः ३ हजार, २ हजार, १ हजार सहित सम्मानित गरिएको शिक्षिका भण्डारीले जानकारी दिनु भयो । कार्यक्रममा शिक्षकहरु भावना भण्डारी, रविता श्रेष्ठ, सृजन रानाभाट, अनु श्रेष्ठ, ममिता कार्की लगायतलाई पनि विशेष सम्मान गरिएको थियो । कार्यक्रममा शिक्षकहरु सागर गुरागाईं, सुमन नापित लगायतले न्युन आय भएका अभिभावकहरुले कम शुल्क तिरेर पनि गुणस्तरीय शिक्षा मार्फत असल संस्कार सिकाउन वेलफेयर एकेडेमी निरन्तर प्रयत्नरत रहेको बताए ।
बालदिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले विभिन्न भेषभूषामा सजिएर आकर्षक नृत्य, गीत एवं कविता प्रस्तुत गरेका थिए । शंखधर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक एवं शुभेच्छुकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमका सभापति गोविन्द गोजा श्रेष्ठले विद्यालयहरु असल प्रशासक नेता, राजनेतादेखि कुशल व्यक्तिहरु उत्पादन गर्ने स्थल भएकोले शिक्षकहरुको आचरण पनि सदैव सकारात्मक भएमा विद्यार्थीहरुले शिक्षकको आचरण अनुकरण गर्ने बताए ।

:910 Views

Leave a Reply