शंकर स्कुलका विद्यार्थी पाइलट बाबामा

भक्तपुर । भक्तपुर दधिकोटस्थित शंकर नेशनल स्कुलका प्रिप्राइमेरीका विद्यार्थी भाईबहिनीहरु पाइलट बाबामा शैक्षिक भ्रमणका लागि गएका छन् । करिब ९० जना विद्यार्थीहरुको सहभागीता रहेको उक्त भ्रमणमा विद्यार्थी भाइबहिनीहरुलाई पाइलट बाबा मन्दिरमा दर्शन गराई, चौरमा लगेर रमाइलो गराइएको थियो । विद्यार्थीहरुलाई खाजा खुवाएर, विभिन्न किसिमका खेलहरु पनि खेलाइएको थियो । विद्यार्थीहरु र शिक्षकहरु सँगसँगै नृत्य पनि प्रस्तुत गरेका थिए ।

:572 Views

Leave a Reply