शंकर स्कुलमा गुरु पूर्णिमा

भक्तपुर । भक्तपुर सूर्यविनायकस्थित शंकर नेशनल स्कुलले गुरु पूर्णिमा मनाएको छ ।  कक्षा ८,९ र १० का विद्यार्थीहरुको आयोजनामा विद्यार्थीहरुले गुरु पूर्णिमा मनाएका हुन् । कार्यक्रममा विभिन्न कला प्रस्तुतिहरुले कार्यक्रम रोमाञ्चक भएको विद्यालयका प्रिन्सिपल शरण चौलागाईले बताए । विद्यार्थीहरुबाट शिक्षक शिक्षिकाहरुलाई टिका, खादा र मायाको चिनोद्वारा सम्मान गरियो थियो ।

विद्यालयको संस्कारलाई कायम राख्दै कक्षा विद्यार्थीहरुले नृत्य, गायन, नाटक र शिक्षक शिक्षिकाहरुका लागि रमाईलो खेल पनि रााखिएको थियो । खेलमा दुईवटा बाकसमा कुपन राखिएको थियो र एउटामा शिक्षक शिक्षिकाहरुको नाम र अर्कोमा गीतको बोल थियो । त्यस कुपनलाई छनोट गरेर शिक्षक शिक्षिकाहरुले आफ्नो कला प्रस्तुत गर्नुपर्ने थियो । त्यसै सन्दर्भमा स्कुलका प्रिन्सिपल चौलागाईद्वारा पनि कला प्रस्तुती देखाई विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए ।

 

:598 Views

Leave a Reply