शिक्षकलाई पास अंक चालिसले बिगारे

विक्रम सम्वत २०३६ साल फागुन १७ गते कास्की जिल्ला (साबिक अर्मला गा बि स, वडा न ४, हरिपाउ ) हाल पोखरा महानगरपालिका वडा न १६, हरिपाउमा जन्मिएका रामहरि आचार्य हाल नवलपुर जिल्ला , गैडाकोट नगरपालिका वडा नं ११ मा बस्छन् । बि. सं. २०६६ सालबाट मा बि राहत कोटामा प्रवेश गरेका आचार्य हाल नि मा बि स्थायी शिक्षक हुन् । उनी सामाजिक अध्ययन विषय पढाउँछन् । उनी अहिले स्याङ्जा जिल्ला फेदिखोला ४, आरुखर्कस्थित जनआदर्श माविमा छन् । उनको एक कविता ।

रामहरि आचार्य

दोषी को ?
कोही भन्छन् स्थायीले बिगारे कोही भन्छन् अस्थाईले बिगारे ।
बिहान बेलुका घरको काम, दिउँसो विश्राम घरपाइले बिगारे ।

कहाँबाट आउँछ गुणस्तर आन्दोलनकै भरमा हुन्छ सबै कुरा
शिक्षण जस्तो पेसामा पनि पास अंक चालिस गराइले बिगारे ।

राम्रो को त कुरै छैन कुन हो हाम्रो त्यसैमा तानातान चल्छ
बिधालय सरस्वतीको मन्दिरमा पनि राजनीतिक पेलाइले बिगारे ।

न छ कक्षाकोठामा तालिमको प्रयोग , न सामाग्री पुरानै शैली भो
हेर्नुस् विज्ञान र प्रविधिको युगमा पनि त्यै सुगा रटाइले
बिगारे ।

दोष अरुलाई देखाउने आफू चाहिँ तर्किने पुरानै रोग हो यो
राज्य ,समुदाय, सरकार ,सरकारवालाको कम उत्तरदायीले बिगारे ।

:1735 Views

Leave a Reply