शिक्षामन्त्रीलाई उपसचिवको पत्र: कसैलाई मालिक र कसैलाई दास बनाउन सकिन्न

श्रीमान् शिक्षा सचिव ज्यू तथा शिक्षा मन्त्रालय र त्यस अन्तर्गतका सबै सहसचिव ज्यूहरू शिक्षाका उपसचिव व्यवस्थापनकाे लामो प्रसव पिडाबाट मुक्त हुनु भएकोमा एकमुष्ट हार्दिक बधाई ।
शिक्षाका उपसचिवहरूकाे घर न दैलाेकाे अवस्था र अभिभावकत्व बिहिनताकाे पिडाकाे शल्यक्रिया गर्न नेतृत्व समूह सफल भएकोमा शतशत प्रणाम,
यद्यपि नतिजा अाफू अनुकूल हाेस् नहाेस् तर शिक्षाका कुनै न कुनै मित्रहरू नै शिक्षा मन्त्री, सचिव, सहसचिवहरू, भनसुन र शक्तिका अाधारमा छनाेट हुनु भएकोले परिस्थिति अनुसार चित्त दुखाइ गर्ने ठाउँ पनि नहाेला तर विधि के र प्रक्रिया के भन्ने प्रश्नकाे उत्तर सधैं नेतृत्वसँग अाम सराेकारवालाकाे रह्ने नै छ ।
सुनेबमाेजिम भन्दा – शिक्षा नेतृत्व संघीय शिक्षा मन्त्रालय र त्यस मातहतका सबै निकाय र सबैको चासो रहेको ७ प्रादेशिक शिक्षा तालिम केन्द्रहरू तथा ७ प्रादेशिक सामाजिक विकास मन्त्रालय र ७ प्रादेशिक शिक्षा निर्देशनालयसमेतमा नयाँ संगठन र पद संरचना अनुसार जनशक्ति छनाैट गर्न सफल भएको छ ।
संघीय शिक्षा मन्त्रालय पद्धतिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न शिक्षा सेवाभित्र नेतृत्वको दृष्टिकोणमा याेग्य,सक्षम, कुनै दाग नलागेका सुनचाँदी जस्ता खिया नलाग्ने तथा भनसुन,लेनदेन र राजनीतिक शक्ति समन्वय गर्न सक्ने दक्ष जनशक्ति सबैलाई नमन गर्दछु ।
शिक्षा नेतृत्वका महामानवहरूकाे दृष्टिकोणमा अब्बल याेग्यताकाे कसीमा छनाेट भई संघीय सेवा र प्रदेश सेवामा काम गर्न पाउनु भएका सबै भाग्यशाली मित्रहरूमा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।
जाे जाे साथीहरू संघ र प्रदेश सेवामा अटाउन सकिएन त्यसको दाेष संख्या बढी हुनु वैज्ञानिक विधि नहुनु र फरक स्वाभिमान , राजनीतिक तटस्थता, कुनै समूह वर्गको वक्रदृष्टि , भनसुन कमजोर , लिनु न दिनुकाे संस्कृतिको बाहक हुनु पनि त कारण हुन सक्छ ।
ठूलो अाशा, भराेशा र स्वाभिमानका साथ नयाँ घर,परिवेश , संस्कृति , नयाँ कार्य अभ्यास ,नयाँ नेतृत्व र अभिभावकसँग बसेर काम गर्ने अवसर पाउनु हुने स्थानीय तहमा खटिने मित्रहरूले पनि शिक्षा मन्त्री र सचिव र नेतृत्वदायी पदाधिकारीलाईहरूलाई नयाँ चुनाैतिपूर्ण अवसरका लागि हार्दिक नमन गर्नै पर्दछ।
सडकबालबालिकालाई घर दिने, घर गरेर खाउ भन्ने अभिभावक पाइएको छ, स्थानीय तहमा जाे जहाँ खटिनु पर्छ, संघीय मामिला थता सामान्य प्रशासन मन्त्रालयले एकै द्वारबाट निजामती कर्मचारीको पदसाेपान, पदीय हैसियत र जेष्ठता, याेग्यता अनुरूपकाे खटाएको हेर्न बाँकी छ र नेपाल सरकार न्यायकाे पक्षमा रह्ने छ । अाशा गराैँ ।
विधि र प्रक्रिया अपनाएमा नाङ्गो नाच नाच्न र कसैलाई मालिक र कसैलाई दास बनाउन सकिन्न भन्ने राम्रो जानकार नेपालकाे राजनीति र प्रशासनकाे चरित्र पढाैँ अनि अभिभावककाे खाेजी गराैँ, अन्यथा राज्यले शिक्षा सेवाका उपसचिवकाे हकमा स्थानीय तहकाे शिक्षा,युवा तथा खेलकुद शाखा ताेकेर ऊ तिम्रो घर त्यही हाे जाऊ मालिकको उमेर जात जेष्ठता नसाेधेर रिझाएर जागिर खाऊ, मन नपरे विधिसम्मत जागिर छाड तर प्रशासनकाे दादागिरी तिमीहरूले मान्नै पर्छ भनी अविवेकी व्यवहार समाजवाद उन्मुख नेपाल सरकारले कसरी गर्ला र ?
अन्तमा संघीय सेवा र प्रादेशिक सेवामा चयन नहुनुको अर्थ पित्तल र फलाम भइएछ भन्ने कदापि नसाेचाैं, ठूलाठूला भाैतिक पूर्वाधार र सज्जिने अाधार सबैले हेला गर्ने फलाम र पित्तलबाटै हुन्छ र सुनचाँदी त बाहिरी अावरण मात्र हुन् । तसर्थ संविधान बमोजिम अाफूलाई जहाँ जसरी खटाइन्छ, त्यहाँ खुशीसाथ पदबहाल गरि काम गर्न नेपाल सरकारले उचित वातावरण मिलाउने अाशा चाहिँ नछाडाैँ ।
नेपाल सरकारले सबै सेवासमूहका कर्मचारीलार्इ स्थानीय तहकाे पदमा सम्बन्धित विषयगत मन्त्रालयबाट नै खटाउन लगाउने र सबै सेवाका मध्ये जाे जेष्ठ, याेग्यता र स्थानीय तहमा गएका काममध्ये बढी काम भएका पदका पदाधिकारीलार्इ स्थानीय सरकारलार्इ नै प्रशासकीय प्रमुख ताेक्न अधिकार दिने पद्धति पनि वैज्ञानिक हुन सक्छ ।
अाशा गराैँ, न्याय र समानतामा याे सरकार खराे उत्राेस् र विभेदको पीडा कुनै सेवा समूहका कर्मचारीले भाेग्न नपराेस् अनि मात्र समृद्ध नेपाल सुखी र खुशी नेपाली हुन सक्नेछन् । बेलैमा सरकारकाे ध्यान जाअाेस् ।
र्इश्वरीप्रसाद पाेखरेल
निर्देशक
शिक्षा तथा मानव स्राेत विकास केन्द्र, सानाेठिमी ।

:5100 Views

One thought on "शिक्षामन्त्रीलाई उपसचिवको पत्र: कसैलाई मालिक र कसैलाई दास बनाउन सकिन्न"

  1. karna bohara says:

    aafu lai parda pidabodh hudo rahechha… siksha ka karmachari le sikshak mathi gareko bived ko kehi lekha jokha xaki….dasaukau dekhi sixak gari raheko kam ko kunai mulyankan nagarne siksha kai karmachari ho….sixak lai pani aatmsamman ko sawal hunchha ki hudain….

Leave a Reply to karna bohara Cancel reply