संस्कृति जोगाउन विद्यालयमा चित्रकला प्रतियोगिता

भक्तपुर, १३ मंसिर। भक्तपुरको मध्यपुर थिमीस्थित ग्ल्याडस्टोन एकेडेमीले जुनियर चित्रकला प्रतियोगिता गरेको छ । कार्यक्रममा सहभागी विद्यार्थीले संस्कृति र प्रकृतिसंग सम्बन्धित चित्र बनाएका थिए।

विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा १ देखि कक्षा ५ सम्म २०० जना विद्यार्थी सहभागिता थिए भने कक्षा ६ देखि ९ सम्मका २५ जना विद्यार्थीले सहभागीता जनाएका थिए।

चित्रकलामा कक्षा १ बाट सक्षम कार्की, नीहारिका खड्का र आशुतोष नकर्मीले र कक्षा २ बाट रिसाङ बल, फयुन बम्जन र कुशल गुभाजुले पुरस्कार पाएका थिए। त्यस्तै कक्षा ३ बाट नेल्ह श्रेष्ठ, प्रिन्शा ध्याको र आर्या ज्यापू पुरस्कृत भएका थिए भने कक्षा ४ बाट आशुतोष कुंवर, अमन बिर्ता र कृष्टोना कोजू पुरस्कृत भए। कक्षा ५ बाट कृष्टल अवाल, सेनिया बाडे र रोनिशा प्रजापतिले राम्रो चित्र बनाई पुरस्कार पाए।

त्यस्तै गरी कक्षा ६ बाट दिया खड्का, कक्षा ७ बाट अस्चिन प्रजापति, कक्षा ८ बाट दीक्षा गसि र कक्षा ९ बाट अलिना नायजू उत्कृष्ट भएका थिए। विजयी विद्यार्थीलाई विद्यालयका प्रिन्सिपल विनोद कुमार कोइरालाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।

:606 Views

Leave a Reply