संस्कृत भाषालाई प्राथमिकता दिदै दीपिका स्कूल

काठमाडौं । पछिल्लो समय पूर्वीय वाङ्मय र संस्कृति प्रतिको अनुसन्धान र अनुराग बढ्दै गइरहेको सन्दर्भमा विद्यालयस्तरमा समेत संस्कृत विषयको पठनपाठन हुने क्रम बढ्दै गइरहेको देखिन्छ । यसै सन्दर्भमा राजधानीको कोटेश्वरस्थित दीपिका स्कूलले पनि यस शैक्षिक सत्रदेखी निम्न माध्यमिक तहमा संस्कृत भाषा र व्याकरणको पठनपाठन सुरू गरेको छ । विद्यार्थीहरूलाई संस्कारयुक्त शिक्षा दिलाउने उद्देश्य अनुरूप विद्यालयमा संस्कार क्लव गठन गरी सोही क्लव अन्तर्गत रहने गरी संस्कृत भाषा, योगा र अनुशासन सम्बन्धी कक्षाहरू सञ्चालन भइरहेको जनाउँदै विद्यालयका सहायक प्रिन्सिपल अञ्जन चालिसेले विद्यार्थीहरूमा सभ्यता र संस्कार सिकाउन यस्ता कक्षाहरू प्रभावकारी भएको बताउनुभयो ।

नेपाली भाषाको जननी मानिने संस्कृत भाषालाई विगत केही समययता हेयको दृष्टिले हेरी सिमित गुरूकुलहरूमा मात्र अध्ययन अध्यापन भइरहेको अवस्थामा निजीस्तरबाट सञ्चालित अंग्रेजी माध्यमको विद्यालयमा समेत यो भाषालाई प्रवेश गराउनु चुनौतीकै रूपमा रहिरहेको अवस्थामा दीपिका स्कूल यसको एउटा उदाहरणको रूपमा रहेको छ । नेपाली भाषासमेत राम्रोसँग उच्चारण गर्न कठिन मान्ने बोर्डिङ स्कूलका विद्यार्थीहरू र तीनका अभिभावकहरूलाई संस्कृत भाषाको महत्व बुझाउन सुरूमा केही कठिन भएता पनि केही समयको मिहेनतपछी विद्यार्थीहरूको सिकाइ उपलब्धीमा देखिएको सफलताले अन्त्यमा विद्यार्थी र अभिभावकहरूसमेत अत्यन्त खुसी रहेको बताउँदै सहायक प्रिन्सिपल अञ्जन चालिसेले आफूहरूमा यसले एउटा नयाँ खाले उर्जा प्राप्त भएको बताए ।

सै सन्दर्भमा दीपिका स्कूलले आफ्ना संस्कृत क्लबका विद्यार्थीहरूलाई संस्कृत श्लोकवाचन प्रतियोगितामा समेत सामेल गराएको छ। डीएभी स्कूलले संस्कृतिज्ञ स्व. जनार्दन घिमिरेको दोस्रो स्मृति दिवसका अवसरमा आयोजना गरेको संस्कृत श्लोकवाचन प्रतियोगितामा सामेल भएका विद्यार्थीहरूले आयोजकहरूका तर्फबाट प्रशस्त तारिफ बटुलेको छ । अधिकांश गुरूकुल स्कूलहरूको सहभागिता रहेको प्रतियोगितामा प्राइभेट बोर्डिङ स्कूलको यस्ता किसिमको उत्साहपद सहभागितालाई आफूहरूले अत्यन्तै सकरात्मक रूपमा लिएको बताउदै डीएभी स्कूलका सञ्चालक अनिल केडियाले आगामी दिनहरूमा समेत निरन्तरता दिन शुभकामना दिएका थिए । कार्यक्रमको प्रमुख अतिथ्यता त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति प्रा.डा. तीर्थ खनियाले गरेका थिए ।

:586 Views

Leave a Reply