सङ्घर्ष : पढाइका लागि (फोटो फिचर)

पढाइको महत्व कति छ ? भन्ने कुरा बताइरहनै परेन, अहिले त निरक्षरदेखि विद्धानहरुले समेत पढाइको महत्व आआफ्नै तवरले बुझेका छन् ।

यसैले अहिले पढाइका लागि मानिसहरु बरु आफ्नौ दैनिकीको एक कप चिया कटाउँछन्, एक खिल्ली चुरोट कटाउँछन्, तर सन्तानलाई विद्यालयमा पठाउँछन् ।

सन्तानको पढाइ र भविष्यप्रति निक्कै नै सचेत अभिभावकहरु गुणस्तरीय शिक्षा चाहिरहेका छन् । उनीहरु आफ्नो घर नजिकको सार्वजनिक विद्यालयलाई भन्दा टाढाको निजी वा बोलीचालीको भाषामा बोर्डिङ स्कुलमा पठाइरहेका छन्, सन्तानलाई । त्यहाँबाट दिइने शिक्षालाई गुणस्तर भएको उनीहरुको बुझाइ छ ।


भक्तपुरको सूर्यविनायक नगरपालिका नंखेलको काँक्राबारीका स्थानीयहरु, आफ्ना सन्तानलाई करिब एक, डेढ घन्टा पैदल हिँड्नु परे पनि, हिँडाउनु परे पनि बोर्डिङ नै पठाइरहेका छन् ।(सो क्षेत्रमा १५ मिनेट हिँडे सार्वजनिक विद्यालय नभेटिने हैन)

फोटो: हरिसुन्दर छुकां

:774 Views

Leave a Reply