साँस्कृतिक विविधतामा सुदेशा स्कुलको खोज

ललितपुर । सुदेशा स्कुल पाठ्यक्रमको पूर्ण रुपमा व्यवहारीक प्रयोग गर्दै विद्यार्थीहरुमा ज्ञान, सिप र व्यवहारको विकास गर्नको निम्ति सदैव तत्पर विद्यालय हो । यसै पाठ्यक्रमको व्यवहारीक पक्षको सिकाई सिक्ने क्रममा कक्षा ४ र ५ का विद्यार्थीहरुले हाम्रो साँस्कृतिक विविधता भन्ने कार्यक्रम प्रस्तुत गरेका छन् ।

पाठ्यक्रममा आफु बसेको जिल्लामा पाइने जातीय विविधता विषयमा अध्ययन गर्ने क्रममा विद्यार्थीहरुले सो कार्यक्रम प्रस्तुत गरेका हुन् । यस कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले आफ्नो कक्षामा रहेका जातीय विविधताको खोज गरी त्यस जातीको सामाजीक र साँस्कृतिक पक्षहरुलाई आफ्ना शिक्षक, अभिभावक र साथीहरु समक्ष कार्यक्रम प्रस्तुत गरेका थिए । यस कार्यक्रममा उनीहरुले विभिन्न जात जातिहरुले मनाउने चाडपर्व, भेषभुषा, खाना, भाषाका साथै संस्कारका विषयमा प्रस्तुतीकरण गरेका थिए । कार्यक्रम अर्को महत्वपूर्ण पक्ष भनेको कक्षा ३ का विद्यार्थीहरु हाम्रो समाजमा भएका विविधताका बारेमा टिपोट पनि गर्दै थिए ।

यस विद्यालयमा राई, नेवार, ब्राह्मण, क्षेत्री, तामाङ, गुरुङ, माझी र मैथली समुदायका विद्यार्थीहरुको प्रतिनिधित्व रहेको छ भन्ने जानकारी उपस्थीत अभिभावक, विद्यार्थी र अन्य शिक्षकहरु समेतले जानकारी प्राप्त गरेका थिए । त्यस्तै विद्यार्थीहरुको खोज मुलक प्रस्तुतीले सबैलाई उनीहरुको जात जाती र साँस्कृतिक विविधताको जानकारी तथा उनीहरुले ल्याएका पकवानहरुले खानामा रहेको विविधता समेत देख्न, बुझ्न र चाख्न पाखएका थिए ।

विद्यार्थीहरुले ति सबै विवरण अभिभावकसँग सोधेर तयार पारेका थिए । अभिभावकले छोरा छोरीलाई आफ्नो संस्कृतिको बारेमा छलफल गर्दा उहाँहरुले बिर्सनु भएको धेरै कुरा याद दिलाएको थियो । कार्यक्रमले अरु जात जातिको पनि परम्परा सिक्न पाएको धारणा अभिभावकहरुले ब्यक्त गरेका थिए ।

यस्ता विभिन्न कार्यक्रमले विद्यार्थीहरुको आफ्नो धर्म, सँस्कृति प्रतिको माया विकास गर्ने, एक्काइसौँ शताब्दीका सिपहरु प्रस्तुतीकरण, खोज मुलक ज्ञानको पनि विकास गर्ने कुरामा दुईमत नभएको प्रधानाध्यापक विरंगना महर्जनले बताए ।

:514 Views

Leave a Reply