सांसद र डिएसपिको उपस्थितिमा काव्य स्कुलमा निर्वाचन

काठमाडौं । प्रदेश नं ३ का सांसद दिपेन्द्र श्रेष्ठ तथा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख, डिएसपि गोविन्दराज काफ्लेको उपस्थितिमा काव्य स्कुल नयाँबानेश्वरमा पुर्ण प्रजातान्त्रिक तवरबाट विद्यालय क्याप्टेन, भाइस क्याप्टेन र चारवटा सदनका पदाधिकारीहरुको निर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न भयो ।
नगरपालिकाको मेयर, उपमेयर लगायत वडाध्यक्षहरुको निर्वाचनझैं निर्वाचनका सबै प्रकृया अपनाएर सञ्चालित सो निर्वाचनमा काव्यका ४ देखि १० कक्षासम्मका ३९५ विद्यार्थीले मतदान गरेका थिए ।
निर्वाचनबाट स्कुल कप्तानमा स्वेता थापा निर्विरोध निर्वाचित भइन भने दिलिप सिंह महरा २६३ मत ल्याएर उपकप्तानमा निर्वाचित भएका छन । सामाजिक शिक्षा विषयका शिक्षक गणेशकुमार दाहालका अनुसार शाकुन्तल सदनको कप्तानमा निश्चल खनाल र उपकप्तानमा सम्राट रेग्मी, प्रोमिथस सदनको कप्तानमा सुमिरन बोहोरा निर्विरोध र उपकप्तानमा नितिन मुकेश श्रेष्ठ, सुलोचना सदनको कप्तानमा कोशिस घले र उपकप्तानमा सफल सापकोटा तथा वनकुसुमको कप्तानमा शिरिष मानन्धर र उपकप्तानमा प्रशान्ति पाठक निर्वाचित भए ।
निर्वाचन शुरु हुनुअघि विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले निर्वाचन प्रकृया, निर्वाचन र मतदानको महत्व लगायतका बारेमा विद्यार्थीहरुलाई बताएका थिए ।

:344 Views

Leave a Reply