सातौं पद्म कप जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आजबाट शुरु

भक्तपुर, मंसिर २ । भक्तपुर दरवार क्षेत्रमा अवस्थित पद्म मा.वि.को ९६ औं तथा पद्म कलेजको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा सातौं पद्म कप जिल्लाब्यापी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता आजबाट सुरु भएको छ ।

कार्यक्रमलाई उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले खेलकुद स्वस्थ जीवनको लागि अपरिहार्य भएको बताउँदै नागरिक स्वस्थ र शिक्षित भए समाज सभ्य र सुसंस्कृत हुने बताए । उनले नगरपालिकाद्वारा आयोजना हुने विद्यालयस्तरीय प्रतियोगिताहरुमा भक्तपुरका ९२ वटै स्कूललाई सहभागी गराउने सोचका साथ अगाडि बढिरहेको बताए । नगरपालिकाले विभिन्न खेलको नियमित प्रशिक्षण गरिरहेको, राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडी तयार गर्न खेलाडी सम्मान र नगरका सबै वडामा व्यायामशाला स्थापना गरिसकेको उनले बताए ।

कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष एवं कलेज व्यवस्थापन समितिका सदस्य राजकृष्ण गोराले विद्यार्थीमा अध्ययनका साथै अतिरिक्त क्रियाकलाप र खेलकुद क्षेत्रमा संलग्न हुँदा अनुशासन र मित्रता कायम रहने बताए । कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष एवं युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्दै कलेजले विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न गरिरहेको प्रतियोगिता स¥हानीय रहेको बताए ।

भनपाले खेलाडीहरुलई उत्साहित गर्दै लान र अनुशासित खेलाडी तयार गर्न अन्तरनगर खेलकुद प्रतियोगिताको आयोजना भएको बताउनुहुँदै मंसीर ७ गते अपाङ्गता भएका व्यक्तिको लागि अपाङ्गमैत्री खेल प्रतियोगिता आयोजना गर्न लागिरहेको बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्रि गौतमप्रसाद लासीवाले शिक्षा र खेलकुदको सम्बन्ध प्रगाढ भएको बताउनुहुँदै सम्पूर्ण खेल स्वस्थ, अनुशासित, मित्रता र देशको सार्वभौमिकता प्रयोग हुने ढंगले खेलिनु आवश्यक भएको बताए । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई, भक्तपुरका खेमराज पोखरेलले शिक्षण सिकाइको अभिन्न पाटोको रुपमा रहेको खेलकुदको आयोजना सराहनीय कार्य भएको बताउँदै विद्यार्थीको शारिरीक र मानसिक विकास गर्न विद्यालयले भूमिका खेलिरहनेमा विश्वास व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्कर बुढाथोकीले नेपालको शिक्षा नीति कुहिरोको काग जस्तै भएको समयमा श्री पद्म माविले शिक्षा क्षेत्रमा गरिरहेको योगदान अद्वितीय रहेको बताए ।  कार्यक्रममा कलेज व्यवस्थापन समितिका सदस्य विनोदचरण रायले भलिबल प्रतियोगिताको औचित्यबारे प्रस्तुत गर्दै नगरपालिकाले खेलकुद क्षेत्रको विकासको लागि अभिभावकीय भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । त्यसैगरी पद्म मा.वि.का प्रचार्य राम हाडाले विद्यालयले पाठ्क्रयमको आधारमा प्रयोगात्मक शिक्षामा जोड दिँदै विज्ञान तथा इन्जिनियरिङ प्रदर्शनीमा जोड दिंदै आएको बताए ।

प्रमुख अतिथि प्रजापतिले पद्म कप टुर्नामेन्टका रेफ्रि सत्यराम न्हिसुतुलाई बल हस्तान्तरण गरेका थिए भने रेफ्रिको तर्पmबाट सुजन बासी, प्रशिक्षकको तर्पmबाट मणि तामाङ र खेलाडीको तर्पmबाट प्रदीप कोलाङले खेललाई अनुशासित ढंगले सञ्चालन गर्न सपथ ग्रहण गरेको सो कार्यक्रममा कार्यक्रमका सभापति बाबुराजा जोशी र शिक्षक दिपक मूलले पनि बोलेका थिए ।

:202 Views

Leave a Reply