‘सातौैं विद्या संस्कार अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिता’ सम्पन्न

काठमाडौं । चेल्सी एजुकेशन फाउण्डेशन अन्तर्गत गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा सञ्चालित विद्या संस्कार स्कुलको आयोजनामा भएको ‘सातौैं विद्या संस्कार अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिता’ भव्यरुपमा सम्पन्न भएको छ ।

विद्या संस्कार स्कुल प्रांगण अत्तरखेलमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा ड्याफोडिल स्कुलले उपाधिसहित ट्रफि र नगद २० हजार जित्यो । प्रतियोगितामा भ्याली भ्यू इंगलिस स्कुलले दोस्रो भएर नगद १० हजार, ट्रफि र पदक पायो । फाइनल खेलमा ड्याफोडिलले भ्याली भ्यू स्कुललाई ३—० ले हराएको थियो ।

विद्या संस्कार स्कुलका खेलकूद संयोजक राजन न्यौपानेका अनुसार लिग कम नकआउटको आधारमा खेलाइएको उक्त प्रतियोगितामा काठमाडौं र ललितपुरका विभिन्न विद्यालयका खेललगायत अन्य विषयका शिक्षक सम्मिलित १३ वटा टीमले भाग लिएको थियो । यसैगरी फाइनल प्रतियोगिताको ‘म्यान अफ द म्याच’ ड्याफोडिल स्कुलका शिक्षक रोशनराज पन्तले पाए भने वृहस्पती विद्या सदनले ‘फेयर प्ले टीम’को उपाधि पायो । यसैगरी विद्या संस्कारका शिक्षक रुविन श्रेष्ठले ‘उत्कृष्ट गोलकिपर, भ्याली भ्यू इंगलिस स्कूलका शिक्षक इचि महर्जनले ‘सर्वाधिक गोलकर्ता’, ड्याफोडिल स्कुलकै छेवाङ्ग मोक्तानले ‘उत्कृष्ट खेलाडी’ र रिब्स स्कुलका शिक्षक मिलन गुरुङ्गले ‘मस्ट इन्स्पायरिङ्ग’ पुरस्कार पाए ।

विजयी विद्यालय, टीम र खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, सोही नगरको वडा नं ८ का अध्यक्ष मनोज ढुंगाना, विद्यालयका निर्देशक राजेश अधिकारी, शैक्षिक एवम् प्रशासन प्रमुख प्रणय मोक्तान, खेलकूद संयोजक राजन न्यौपाने र वरिष्ठ समाजसेवी विमल विमल ठकुरीले नगदसहित, ट्रफि, पदक र प्रमाणपत्रका साथै विभिन्न विधाका विजयीहरुलाई पुरस्कार वितरण गर्नुभयो ।
विद्यार्थीका लागि धेरै विद्यालयले विभिन्न खेलकूदलगायतका प्रतियोेगिता सञ्चालन गर्ने गरेकोमा विद्या संस्कार स्कुलले भने विभिन्न विद्यालयका शिक्षकहरुवीच भाइचाराको सम्वन्ध बढाउन र फुटसलको विकासमा केही मात्रै भएपनि योगदान पुर्याउने उद्धेश्यले विगत सात वर्षदेखि ‘विद्या संस्कार अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिता’ आयोजना गर्दै आएको विद्यालयको शैक्षिक एव्म प्रशासन प्रमुख प्रणय मोक्तानले बताउनुभयो ।

:465 Views

Leave a Reply