सात प्रदेशका नृत्य क्यान्डिड स्कुलमा

भक्तपुर, १९ फागुन । जामा,चोलि र सलमा एक छात्रा समूह कम्मर हल्लाउँदै नाँचिरहेका थिए । प्रदेश १ को संस्कृति झल्काउँने मारुनी नृत्य गर्दै रमाइरहेका थिए । सो नृत्यसँगै आए अर्का छात्रा समूह सारी, चोलो र टाउकोमा मड्का राखेर आफ्नो प्रस्तृती दिन । सो नृत्यलाई भिजिया नृत्य भनिन्छ । प्रदेश २ को शान । सोही नृत्यलगतै हाकुपटासीमा सजिएर नेवारी नृत्य गर्दै प्रदेश ३ को चिनारी दिए छात्रा समूहले । त्यस्तै प्रदेश ४ बाट झोरा, ५ बाट तप्पा र ६ बाट देउडा नृत्य गरेर रमाइरहेका थिए विद्यार्थी र हेर्ने अभिभावकहरु पनि । त्यसपछि हातमा हुड्की बाजा लिएर एक विद्यार्थी र बाकी विद्यार्थीहरु ढाल र तरबार लिएर प्रदेश ७ को मौलिकता जनाउने हुड्के नृत्य गरिरहेका थिए । नृत्यको अन्यमा प्रयोग गरिएका नेपालको झण्डा र नक्साले कार्यक्रममा थप रौनक थप्यो ।
भक्तपुरको सिरुटारस्थित क्यान्डिड स्कूलको २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीहरुले ७ प्रदेशका संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेका हुन् ।
विद्यालयका प्रिन्सिपल धर्म पौडेलले शिक्षिका उर्मिला थापा, विन्दु थापा र शान्ति श्रेष्ठले विद्यालयमा लामो समय काम गरेकाले उनीहरुलाई दिर्घ सेवा सम्मानबाट सम्मानित गरेको जानकारी दिए ।
प्रदेश नम्बर ३ का सांसद शशीजंग थापाले विद्यालयमा नियमित उपस्थिति भएका २२ विद्यार्थी, अनुशासन विधामा ३ र सरसफाईको विधामा ३ जना विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाको उपप्रमुख जुना बस्नेत, प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी, सूर्यविनायक प्याब्सन अध्यक्ष सानुराजा कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माहा शर्मा गौतम र विद्यालय सञ्चालक डिल्लीराज जोशी लगायतको उपस्थिति रहेको थियो ।
अभिभवक दिवसको अवसरमा विद्यालयले एसइई दिएका पूर्व विद्यार्थिलाई सम्मान गरेको थियो । त्यस्तै विद्यालयका विद्यार्थीहरुले नृत्य, गीत, कविता, निबन्ध र गीति नाटक प्रस्तुत गरेका थिए ।

:669 Views

Leave a Reply