सिटि मन्टेश्वरीको खेल दिवसमा रमाउँदै नानीबाबु

काठमाडौं, २४ पुष । काठमाडौंको अनामनगरस्थित सिटि मन्टेश्वरीको ‘वार्षिक खेलकुद दिवस’ शनिबार सम्पन्न भएको छ ।

मन्टेश्वरीका नानीबाबुलाई फुर्तिलो र स्वस्थ बनाउन र जे काममा पनि उनीहरु आफैले प्रयत्न गर्नुपर्छ भन्ने सिकाउनको लागि विद्यार्थीलाई ३० वटा खेलमा सहभागि गराइएको मन्टेश्वरीको प्रिन्सिपल पुष्पा रिजालले बताएकी छिन् ।

खेललाई ५८ पटक खेलाइएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने सहभागि हुने सबै विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

:646 Views

Leave a Reply