सिद्धार्थ विद्यापीठमा ओपन हाउस कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुर गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठ स्कुलले एक दिने ओपन हाउस कार्यक्रम सम्पन्न गरेको छ । नयाँ शैली र अवधारणामा पहिलो पटक ओपन हाउस अन्तरर्गत पाठ्यक्रममा आधारित विभिन्न विधालाई समेटेर प्रदर्शनीको आयोजना गरिएको हो ।

विद्यार्थीहरुले विद्यालयमा वर्षभरि सिकेका किताबभन्दा बाहिरका व्यवसायिक तथा व्यवहारिक ज्ञानलाई प्रर्दशनीमा प्रस्तुत गर्नुका साथै स्टिम एजुकेशनका ’दयगतमा समेत विद्यार्थीहरुलाई र अभिभावकलाई जानकारी गराईएको थियो । जसमा विज्ञान प्रदर्शनी, शैक्षिक प्रदर्शनी, छुनामुना तरकारी बजार, विद्यार्थी स्वयंमले पकाएको विभिन्न खाजाका परिकार जसमा योमरी, बारा, सम्यबजि लगायत परिकारहरु थिए । स्टिम एजुकेशन प्रविधिमूलक शिक्षा अन्तर्गत कक्षा तीनदेखि कक्षा ७ सम्मका विद्यार्थीहरुले बनाएका थ्री डी, फोर डी, एनिमेशन, पुतलीको जीवनचक्र, जस्ता प्रविधियुक्त एनिमेशनहरुका साथै सिभिल इन्जिनियरीङमा आधारित घरको नक्सासमेत विद्यार्थीले प्रविधिको प्रयोग गरी प्रदर्शनी गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुद्वारा चित्रण गरिएका चित्रकलाहरु प्रदर्शन गरिएको थियो । काठको जातो, हलो, कुटो कोदालो, ठेक्की, हसिँया इत्यादी बालबालिकाहरुले विभिन्न सामग्रीहरुको प्रयोग गरी बनाएर प्रदर्शनमा राखिएको थियो ।

स्मार्ट बुक र टकिङ बुक बोल्ने कितावको प्रयोग र प्रदर्शनी समेत गरिएको थियो । यो प्रदर्शनी नयाँ शैलीको हुनको साथै सबै तहका विद्यार्थीहरु आआफ्नो काममा व्यस्त देखिन्थेँ । छुनामुना तरकारी बजारमा अभिभावक तथा विद्यालयमा पाल्नुभएका अतिथिहरु ग्राहक भई तरकारी खरिद गरेर विद्यार्थीहरुलाई हौसला बढाइरहेको देखिन्थ्यो ।

ओपन हाउस फरक शैली र आधुनिक प्रविधिलाई जोडेर आयोजना गरिएको कार्यक्रम हो । जसमा विज्ञान प्रदर्शनीदेखि लिएर कक्षाकोठाको पाठ्यक्रमलाई आधार बनाएर व्यवहारिक जीवनमा दैनिक उपभोग हुने वस्तुलाई जोडिएको थियो । यो प्रदर्शनीलाई साँस्कृतिक कार्यक्रमले थप आर्कषक बनाएको विद्यालयकी संस्थापक प्रिन्सिपल तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष दीपिका रिमाल थापाले बताइन् ।

:268 Views

Leave a Reply