सिभिएम स्कुलको स्पोर्टस मिट सुरु

भक्तपुर, पुस २५ । भक्तपुर गठ्ठाघरस्थित सिभिएम सेकेन्डरी स्कुलको स्पोर्टस मिट पुस २४ बाट सुरु भएको छ ।

प्रतियोगितामा नर्सरी कक्षादेखि कक्षा १० सम्मका करिव ४०० विद्यार्थीले सहभागिता जनाउँदै छन् । खेलकुद र शिक्षा एक अर्काका परिपूरक भएको बताउँदै विद्यालयका प्रिन्सिपल शंकर पौडेलले कार्यक्रम संयोजकलाई कार्यक्रम सफल बनाउन, विद्यार्थीहरुलाई अनुशासित भएर खेलाउन प्रतिज्ञा गराएका थिए । कार्यक्रमका प्रमुख अतिथी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी श्याम बस्नेतले कार्यक्रमको सफलताको शुभकामना दिँदै कार्यक्रमका संयोजकलाई खेलकुद सामग्री वितरण गरी स्पोर्ट मिट सुरु गरेका थिए ।

३ दिनसम्म हुने उक्त प्रतियोगिताको पहिलो दिन महिला÷पुरुष सिनियर÷जुनियर ब्याटमिन्टन, महिला÷पुरुष टेबलटेनिस, चेस खेल भएको छ । दोस्रो दिन पहिलो दिनका खेलहरुको फाइनल खेलहरु हुनेछन् भने तेस्रोे दिन मध्यपुर युथ एशोसियसनको फुटबल ग्राउण्डमा महिला÷पुरुषको फुटबल, रिले, १००/२००/३०० मिटर दौड र टग अफ वार खेल हुने आयोजनकले बताएको छ ।

:575 Views

Leave a Reply