सुदेशाका विद्यार्थीको अध्ययन भ्रमण

ललितपुर । सुदेशा स्कुलका कक्षा १० का विद्यार्थीहरुले रेशम खेती विकास केन्द्र खोपासिको भ्रमण गरेका छन् । उक्त कक्षाको विज्ञान विषय अन्तर्गत रेशम किराको जिवनचक्र, रेशम धागो बन्ने र उत्पादन प्रकृया आदी कुराको स्थलगत अध्ययन गरेका छन् । सोही भ्रमणकै क्रममा पनौती जलविद्युत आयोजनाको पनि स्थलगत भ्रमण गरेका छन् ।
रन अफ द रिभर प्रोजेक्टमा आधारित उक्त प्रोजेक्टबाट विद्यार्थीले बिजुली निकाल्ने प्रकृयाको बारेमा जान्ने अवसर प्राप्त गरे ।
त्यसैगरी पनौती इन्द्रेश्वर मन्दिर परिसरको भ्रमणबाट मल्लकालिन संस्कृतिको जानकारी लिएका छन् । शिक्षण सिकाइको यो उच्चतम प्रयोग सुदेशाको पहिचान बन्न पुगेको छ ।

:1123 Views

Leave a Reply