सुदेशाका विद्यार्थीले प्रकृतिसँगको सम्बन्ध सिके

ललितपुर | कक्षा यूकेजीका भाइबहिनीहरूलाई मिसले बिरुवाका बारेमा पढाउनु थियो । नानीहरूले माटो खने । डल्ला फुटाए । माटो मसिनो बनाए । सम्याए । माटोमा बिरुवा उम्रन्छ भन्ने कुरा शिक्षकले सिकाउनु थियो । यो सबै काम गर्दा बच्चाहरू कम्ती रमाएनन् । अनि नानीहरूले आ—आफ्नो घरबाट विभिन्न गेडागुडीका बिउ ल्याए । रोपे । कसरी उम्रँदो रहेछ भनेर अवलोकन गरे । विद्यालयको बगैंचा यी पाँच वर्ष उमेर समूहका नानीहरू दिनैपिच्छे पुगे । बिउ कसरी टुसाउँदो रहेछ भनी हेरे । बोडीको बिरुवा उम्रियो । फर्सीको बिरुवा हुर्कियो । केही केही उमँ्रदै उम्रिएनन् । केही उम्रिएका पनि मरे । बिचमा हावा हुरी, पानीले नानीहरूको बारीमा क्षति गर्यो । नानीहरू गएर आफ्नो बारीको निरन्तर निगरानी गरे । झार पनि पलायो । गोडे । दैनिक पानी हाले । लहरा पलायो । लहरालाई नलडोस् भनेर आड भरोसा होस् भनेर घोचा गाडे । हेर्दा हेर्दै तरकारी फल्यो । उनीहरूले टिपे । किचेनमा लगेर केलाए । पकाउन दिए । र, तरकारी खाए । सिकेका कुराहरूको चित्र बनाए । तुलना गरे । छलफल गरे । बिरुवा गन्दै अंकगणित सिके । बिरुवाको नाम लेख्दै नेपाली र अंग्रेजीका अक्षर र शब्द सिके । त्यसैलाई लेख्न सिके । प्रकृतिसँगको सम्बन्ध सिके । यो बिचमा उनीहरू गोदावारीस्थित बोटानिकल गार्डेनमा पनि पुगे । विभिन्न बिरुवाहरू देखे । भोगे । छामे । चिमोटे । सुने । अनुभव गरे । रमाए । सिके । सुदेशाका शिक्षकहरू भन्छन् यही हो प्रोजेक्ट बेस्ड लर्निङ ।

:366 Views

Leave a Reply