सुदेशाका विद्यार्थी फिलाल पाइटी क्याम्पमा

ललितपुर । ललितपुरको नख्खुमा अवस्थित सुदेशा स्कुलका विद्यार्थी २ दिने फिलाल पाइटी क्याम्पमा सहभागी भएका छन् । चोङ्दे सोसाइटी नेपालद्वारा आयोजित उक्त क्याम्पमा ताइवान, चिन र सिङ्गापुरका गुरुहरुबाट उत्प्रेरणाका साथै कसरी आफ्ना पूर्खाप्रति अनुग्रहित हुने भन्ने बारेमा विद्यार्थीहरु माझ सहजिकरण गरेका थिए ।

उक्त क्याम्पमा ली शिया कुइङ ताइवान, ली शेन ज्होङ ताइवन्, होङ वुइ यु ताइवान ज्होउ हुइ च्वान ताइवान क्याथी कुएक सिङ्गापुर तथा बिनोद ब्लोन नेपालले सहजिकारण गरेका थिए । २ दिने उक्त कार्यक्रमको समापनमा विद्यार्थीले उक्त कार्यक्रमबाट आफुले गरेको गल्तीको महसुस र हाम्रा बाबुआमा र शिक्षकले हामी प्रति गरेको लगाब प्रति अनुग्रहित हुन सिकेको बिद्यार्थी प्राणइता केसीले बताए । समापन समरोहमा उपस्थित अभिभावक थाकुर खतिवडका अनुसार यो कार्यक्रमले आफु निकै प्रभावित भएको बताए । कार्यक्रममा शिक्षक तथा अभिभावक रबिन थापा, सहायक प्रअ नारायण सापकोटा तथा प्रअ बिराङना महर्जनले विद्यालयमा यस्ता कार्यक्रमलाई वर्षभरि निरन्तर गर्ने पक्षमा रहेको बताए ।

 

:630 Views

Leave a Reply