सुदेशामा खाना पकाउने प्रतियोगिता, लायोन र डाफे प्याट्रोल बिजयी

ललितपुर। ललितपुरस्थित सुदेशा स्कुलमा प्याट्रोल स्तरीय खाना पकाउने प्रतियोगिता सम्पन्न भएको छ। सुदेशा स्काउटद्वारा आयोजित उक्त कार्यक्रममा भिन्न जातजातिका परिकार बनाइएको थियो।

कक्षा ६ र ७ का स्काउटले नेवारी खानाका परिकार बनाएका थिए भने कक्षा ८ र ९ ले अरु जातिका परिकार बनाएका थिए।

कार्यक्रमका संयोजक सत्य नारायण शाहीका अनुसार विद्यार्थीलाई सामाजिक सिप सिकाउन प्रतियोगिता गरिएको हो। उनी भन्छन्, ‘यस्ता प्रतियोगिताले नेपालीको मौलिक खानाको बारेमा बिद्यार्थीलाई ज्ञान दिनुका साथै समुहमा काम गर्न सिकाउँछ ।’

स्पर्धामा जुनियरमा लायोन प्याट्रोल र सिनियरमा डाफे प्याट्रोल विजय भएको थियो।

:649 Views

Leave a Reply