सुदेशामा वार्षिक पाठ्यक्रम बारे अभिमुखिकरण कार्यक्रम सम्पन्न

ललितपुर—ललितपुरको सुदेशा स्कुलले एक दिने पूर्व प्राबि तथा प्राबि स्तरिय पाठ्यक्रम अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयले यो शैक्षिक बर्ष सन्चालन गर्ने शैक्षिक तथा सहकृयाकलाप गतिविधी, शैक्षिक गतिबिधी सिकाइ प्रकृया मुल्यांकन विधी तथा नानीबाबुको बृद्धी र बिकासमा विद्यालय तथा परिबारको भूमिकाको बारेमा छलफल भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बिराङ्गना महर्जनले प्रभाबकारी अभिभावकत्व, शिक्षक प्रशिक्षक तृलोचन शर्माले सिकाइ प्रकृया तथा शिक्षकहरुले शिक्षण बिधिका बारेमा सहजिकरण गरेका थिए । बिद्यालयको यो प्रायस निकै फलदायी भएको सहभागी अभिभाबकले बिचार ब्यक्त गरेका थिए ।

:461 Views

Leave a Reply