सुदेशामा विद्यार्थीको १०० दिन, विद्यार्थी भन्छन् हाम्रो विद्यालय उत्कृष्ट

ललितपुर । ललितपुर नख्खुस्थित सुदेशा स्कुलका कक्षा १ का २८ जना विद्यार्थीहरुले स्कुल आउन थालेको १०० औँ दिन मनाएको छन् ।

परम्परागत पोशाकमा सजिएर विद्यार्थीहरुले १०० औँ दिन मनाएका थिए । विद्यार्थीहरुले नाचेर, गाएर, सामूहिक फोटो खिचेर १०० औँ दिनलाई भव्यताका साथ मनाएका थिए । आफूलाई सुदेशा स्कुल घरभन्दा प्यारो र घर बिर्साउने ठाउँ भएको कक्षा १ का विद्यार्थी प्रज्ञा तिवारीले आफ्नो मन्तव्य मार्फत सुनाइन् । उनले आफ्नो विद्यालय उत्कृष्ट विद्यालय रहेको बताए थिए ।

:567 Views

Leave a Reply