सुदेशामा स्वागत कार्यक्रम

ललितपुर – ललितपुरको सुदेशा स्कुलले आज एक कार्यक्रमका बीच २०७६ सालमा सुदेशामा भर्ना भएका विद्यार्थी र शिक्षकहरुलाई औपचारिक कार्यक्रमका बीच स्कुलको बिहानी प्रार्थना सभामा खादा, टिकाका साथ स्वागत गरेको छ । विद्यालयका निर्देशक मधु लोहनी तथा प्रिन्सिपल बिरांगना महर्जनले शिक्षक र विद्यार्थीलाई स्वागत गरेका थिए । सुदेशा स्कुलको २०७६ सालको यो यात्रामा गुणस्तरीय शिक्षाका लागि सुदेशा स्कुलमा भर्ना भएका विद्यार्थीहरुलाई २१औँ शताब्दी सुहाउँदो शिक्षा प्रदान गर्न सुदेशा स्कुल प्रतिबद्ध रहेको विद्यालयका सहप्राचार्य नारायण सापकोटाले बताएका थिए । कार्यक्रम विद्यालयकी स्कुल क्याप्टेन प्रनिता केसीले सहजीकरण गरेका थिए ।

:493 Views

Leave a Reply