सुनिदिने कस्ले ? राहत शिक्षकको आवाज

‘हामी तीन मिल्ने साथी थियौँ । एकै साल एसएलसी पास गरियो, ०४६ सालमा । एक साथी ४७ रिजल्ट निस्केको ८ दिनपछि प्राविमा अस्थायी हुनुभो । संचालक समितिमा उहाँको बुवा हुनुहुन्थ्यो । ०४८ मा स्वत स्थायी हुनुभो । ७० सालदेखि पेन्सन खाई रहनु भाको छ । हामी दुई ५३ सालमा स्नातक गरी त्यहि स्कुलमा निजि स्रोतमा पढाउन थाल्यौँ । ०५६ सालमा तोक लगाएको दरबन्दी सहित अर्का साथी अस्थायी हुनुभो र २०६३ सालमा ५० प्रतिशत आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुनु भयो । ०६१ सालमा राहत दरबन्दी आयो । म खुल्ला प्रतिष्पर्धाबाट राहत नियुक्ति भएँ ।

हामी तिनै जनाले १–१२ सम्म पढाएको एउटा विद्यार्थी ७२ सालमा अस्थायी नियुक्ति भएर आएछ जिल्लाबाट । खर्च गर्नु पर्याे नि सर यहि जाबो अस्थायीलाई पनि भन्दै थियो ।

अहिले उ दिर्घसेवी शिक्षकमा गनिने भो । आन्तरिक परीक्षामा सहभागी भै स्थायी हुने भो ? गोल्डेन ह्याण्डसेक पाउने भो । अस्तितिर आन्दोलन गर्न काठमाडांैतिर गाको थियो । स्वःत स्थायी हुने माग पूरा गरेर आउँछु भन्दै थियो ।

आफू त राहत परियो । न आन्तरिक परीक्षा न सुबिधा । २० औं बर्ष सरकारी सेवा गरियो , तर कसैले मर्का बुझ्दैन । ३८ हजार राहत शिक्षकको आबाज कसैले सुन्दैन । राहत नचाहिने हो भने खारेज गरियोस् , चाहिने हो भने दरबन्दी बनाईयोस् ।’

एक राहत शिक्षकको भनाइ

हरिहर दाहालको फेसबुकबाट साभार ।

:2474 Views

Leave a Reply