स्काउट भवन निर्माणार्थ ग्ल्याडस्टोनको सहयोग

मध्यपुर थिमी । मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमीले नेपाल स्काउट स्थानीय परिषद् थिमीलाई विद्यालयको तर्फबाट नगद रु.१,००५००/— (रु.एक लाख पाँच सय मात्र) सहयोग स्वरुप एक कार्यक्रम बीच विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठले परिषद्का आयुक्त हरिबहादुर श्रेष्ठ र राष्ट्रिय ट्रेनरहरु भुवनचरण श्रेष्ठ र दिलकृष्ण प्रजापतिलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेका थिए ।

ग्ल्याडस्टोन समुदायमाका रूपमा गत वर्ष रु.१,५०,०००/— (रु.एक लाख पचास हजार मात्र) रुपैयाँ सहयोग गरि मध्यपुर थिमी सिद्धिकालीस्थित सिद्धिकाली गुठी सञ्चालानार्थ अक्षयकोष स्थापना गरेको ग्ल्याडस्टोन एकेडेमीले यस वर्ष देशका सम्पूर्ण युवावर्गलाई एकत्रित गरि स्काउटका माध्यमबाट कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने लक्ष्य सहित स्थापना भएको अन्तर्राष्ट्रिय संस्था स्काउटको स्थानीय परिषद् थिमीले निर्माण गर्दै गरेको भवन निर्माणार्थ सहयोग गरेको हो ।

चेक हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइरालाले दैवी तथा प्राकृति विपदमा परेकाको उद्दार तथा सहायतामा निरन्तर आफ्नो अहम् भूमिका निर्वाह गर्दै आएको अन्तर्राष्ट्रियस्तरको संस्थालाई विद्यालयको तर्फबाट सानो सहयोग गर्न पाउँदा निक्कै खुसी लागेको र आउँदा दिनमा समाज, राष्ट्र र राष्ट्रियताको हितका विषयमा सहयोग गर्दै जाने बताए ।

त्यसैगरी नेपाल स्काउट स्थानीय परिषद् थिमीका आयुक्त हरिबहादुर श्रेष्ठ र राष्ट्रिय ट्रेनर दिलकृष्ण प्रजापतिले ग्ल्याडस्टोन एकेडेमीको यो साथ र भरोसाले स्थानीय परिषद्का लागि सेतुका रूपमा काम गर्ने बताए ।

:993 Views

Leave a Reply