स्कूलद्वारा दक्षिणा दिएर दशैंको शुभकामना

काठमाडौं । काठमाडौको तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले दक्षिणा दिएर दशैंको शुभकामना कार्यक्रम गरेको छ ।

दशैंको सुरुवातको दिनको रुपमा रहेको घटस्थापनाको दिन शिक्षक, कर्मचारी र विद्यार्थीलाई रातो टिका, जमराका साथै पद अनुसारको दक्षिणा दिएर शुभकामना आदान प्रदान गरिएको विद्यालयले जनाएको छ । स्कुलका निर्देशक राजन सुवेदी र स्कुलकी सहायक प्रिन्सिपल ममता शाहले संयुक्त रुपमा शिक्षक, कर्मचारीदेखि साना विद्यार्थीलाई टीका जमराका साथ दक्षिणा दिएका थिए ।

नेपाली चाडपर्व, रीतिरिवाज, धर्मसंस्कृतिको संरक्षण र सम्र्वद्धनमा विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिन विद्यार्थीलाई सो किसिमको कार्यक्रममा सहभागी गराउँदै आएको स्कुलकी सहायक प्रिन्सिपल शाहले जानकारी दिइन् । साना विद्यार्थीको सहभागितामा नौ दिनअघि विद्यालयमा जमरा राखिएको थियो । कार्यक्रमको उद्घाटन ट्रिटन कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहले गरेका थिए ।

:673 Views

Leave a Reply