स्कूलमा खुसीको पाठ्यक्रम : विद्यार्थी छन् दंग

काठमाडौं । विद्यार्थी कसरी खुसी हुन्छन् भन्ने शिक्षकका लागि चिन्ताको विषय हो । अभिभावक पनि बच्चालाई खुसी कसरी बनाउन सकिन्छ भन्ने ध्याउन्नमा छन् ।

शिक्षकको त्यही चिन्ता दूर गर्नका लागि भारतले खुसीको पाठ्यक्रम नै बनाएको छ । सोही पाठ्यक्रम अहिले भारतको नयाँ दिल्लीका एक हजार सरकारी स्कुलमा लागू भएको छ । दिल्ली सरकारले विश्वमै पहिलोपटक खु्सीको विषयलाई पाठ्यक्रममा समेटेको दाबी गरेको छ ।

नर्सरी कक्षादेखि आठ कक्षासम्मका लागि यो विषयको पठनपाठन भइरहेको बीबीसी हिन्दीले जनएको छ ।

सरकारले १० लाख स्कुले बच्चाहरुका लागि खुसीको पाठ्यक्रम कक्षा सुरु गरेको बताएको छ । यो कक्षामा विद्यार्थीलाई खुसी रहने तरिका र सीप सिकाइने गरिएको छ ।

भारतका विभिन्न सञ्चार माध्यमहरुका अनुसार विद्यार्थीका लागि किताब– कापी, कलम, कालोपाटी, परीक्षाबाट टाढा राखी यो कक्षामा विद्यार्थीलाई कथा सुनाउने, सोच्ने र सम्झने अभ्यास गराइने र दैनिक आफ्नो सेरोफेरोका विषय सुनाइन्छ ।

यो कक्षामा ध्यान गराउनेमात्र नभएर शनिबारको दिन भने खुसीको कक्षा सञ्चालन गरिएको छ । कक्षाको सुरुवात ५ मिनेट ध्यान गराएर हुने गरेको छ । यो कक्षामा बसेका चकचके विद्यार्थी समेत सुध्रँदै आएको विद्यालयका प्रिन्सिपलहरुको भनाइ छ । विद्यार्थीलाई ध्यान गराएपछि कथा सुनाउने सत्र सुरु हुने हुन्छ ।

भिडियोका लागि यो लिंकमा जानुहोस्:  https://twitter.com/AAPExpress/status/1032225400879964161

:1110 Views

Leave a Reply