स्कूललाई खसी !

भक्तपुर १४ असोज । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं( प्याब्सक)ले प्रिन्सिपल कप फुटसल प्रतियोगिता गरेको छ ।

चुच्चेपाटीस्थित लुम्बिनी फुटसलमा भएको पहिलो फुटसल स्पर्धामा लुम्बिनी स्कुल प्रथम भएको छ । स्पर्धामा पायोनियर पब्लिक स्कुल दास्रो र ज्ञान प्रकाश स्कुल तेस्रो भएका छन् ।

पहिलो, दोस्रो र तेस्रो भएको स्कुललाई एन प्याब्सनका केन्द्रिय अध्यक्ष रितुराज सापकोटाले पुरस्कार प्रदान गरेका थिए ।

प्रथम हुने स्कुललाई ट्रफी, मेडलका साथ साथै खसी उपहार दिइएको थियो भने दोस्रो र तेस्रो हुने स्कुलले मेडल र ट्रफी पाएका थिए ।

:563 Views

Leave a Reply