स्प्रिङ्गडेल कपको उपाधि स्प्रिङ्गडेल र न्यू डायमण्डलाई

भक्तपुर, १५ पुस । भक्तपुरको कटुन्जेस्थित स्प्रिङ्गडेल इङ्लिश सेकेण्डरी बोडिङ स्कूलले आयोजना गरेकोे नवौं विद्यालयस्तरीय तथा दास्रो उपत्यकाव्यापी छात्रछात्रा भलिबल प्रतियोगितामा स्प्रिङ्गडेल र न्यू डायमण्डले स्प्रिङ्गडेल कपको उपाधि हासिल गरेका छन् ।

शनिबार भएको फाइलन खेलमा छात्रतर्फ थ्रिस्टार र स्प्रिङ्गडेलबीचको खेलमा स्प्रिङ्गडेलले जीत हासिल गरेको थियो भने छात्रातर्फको उपाधि हासिल गर्नका लागि न्यू डायमण्डले प्यारामाउण्डलाई २५–१३, २५–१९, र २५–१७ को अंकले पछाडि पारेको थियो । त्यस्तै छात्रतर्फको फाइनलमा आयोजक स्प्रिङ्गडेल(निलो) र थ्रिस्टारबीच भएको खेलमा थ्रीस्टारविरुद्ध स्प्रिङ्गडेलले क्रमशः २५–२२ र२५–२० को अंक हासिल गरेको थियो ।

तेस्रो स्थानको लागि छात्रस्पर्धामा जनप्रेमी र श्री पद्मबीचको खेलमा श्री पद्मले जनप्रेमीलाई र छात्रातर्फको स्पर्धामा जनप्रेमी र थ्रिस्टारबीचको खेलमा थ्रिस्टारले जनप्रेमीलाई हराएको थियो ।

स्पर्धाअन्तर्गत छात्रातर्फ उत्कृष्ट सेटरमा न्यू डायमण्डकी अनिसा सुनुवार, उत्कृष्ट डिफेन्डरमा प्यारामाउण्डकी सम्पदा श्रेष्ठ र उत्कृष्ट खेलाडि र उत्कृष्ट स्पाइकरको दुवै उपाधि न्यु डायमण्डकी छात्रा बालमिकी आचार्य घोषित भएका थिए ।

त्यस्तै छात्रतर्फबाट उत्कृष्ट खेलाडिमा स्प्रिङ्गडेलका दर्गा सुवर, उत्कृष्ट सेटरमा स्प्रिङ्गडेलकै ज्ञानेन्द्र गुरुङ, उत्कृष्ट ब्लकरमा श्री पद्मका हिमाल बस्नेत र उत्कृष्ट स्पाइकर थ्रिस्टारका विशाल गुरुङ भएका थिए ।

उपत्यकाव्यापी विद्यालयस्तरीय प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कार प्रदान गरिएको थियो । विजयी टीमले रु १५ हजार, द्धितीय हुने टीमले रु १० हजार र तृतीय हुने टीमले रु ५ हजार पाएका छन् । कार्यक्रममा नेपाल भलिबल संगठनका उपाध्यक्ष निरोज मास्के, भलिबलका अन्तराष्ट्रिय रेफ्री गौतम लासिवा, प्रिन्सिपल शिवजी श्रेष्ठ लगायतले विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कार दिएका थिए ।

:435 Views

Leave a Reply