हिमालयन ग्लोरीका विद्यार्थी, अभिभावकलाई सम्मान

भक्तपुर, २८ चैत्र । हिमालयन ग्लोरी इंग्लिस स्कुलमा आज एक पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नं.२ का वडाअध्यक्ष हरि प्रसाद बासुकलाले शिक्षालाई मूल्यसँग दाँज्नु नहुने बताए । उनले महँगो हुँदैमा राम्रो शिक्षा मिल्ने सोच अभिभावकहरुमा बढेकोमा चिन्ता व्यक्त गरे । नगरपालिकाबाट भएका तथा हुन लागेका विकास निर्माणका कार्यहरुको जानकारी गराउँदै अध्यक्ष बासुकलाले सबैको सहयोग र साथ भए हामी सबैका लागि नमुना हुने कुरा व्यक्त गरे ।
विद्यालयको विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरु तथा अभिभावक खेल मेलामा सहभागी तथा विजयी ९३ जना विद्यार्थीहरु तथा १०७ जना अभिभावकहरुलाई मेडल, प्रमाणपत्र तथा मायाको चिनो वितरण गरिएको थियो ।
विद्यालयका प्रिन्सिपल कृष्णराम त्वानाबासूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षक श्यामसुन्दर मातां तथा शिक्षिका राधिका प्रजापतिले आफ्नो विचार राखेका थिए ।

:981 Views

Leave a Reply