शिक्षकलाई एकलाख नगदसहित राष्ट्रिय युवा प्रतिभा सम्मान

काठमाडौं २२ साउन । ‘राष्ट्रिय युवा प्रतिभा सम्मान’बाट एक शिक्षक पनि सम्मानित हुने भएका छन् । दुर्गम ठाउँमा शिक्षाको प्रवद्र्धनमा लागिरहेका शिक्षक विनोद शाहीलाई युवा तथा खेलकूद मन्त्रालयले सम्मान गर्ने भएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सम्मानित हुने १० युवाको लिस्टमा शाही पनि परेका छन् । यही साउन २७ गते अर्थात् अगस्ट १२ का दिन अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मन्त्रालयले वार्षिक कार्यक्रमअन्तर्गत युवा तथा युवाको क्षेत्रमा काम गर्ने संस्था तथा व्यक्तिलाई सम्मान गर्न लागेको हो ।

उक्त सम्मानबाट यो वर्ष ३६ वर्षीय शाही सम्मानित हुँदैछन् ।

काठमाडौँ महानगरपालिका वडा नं. १८ का शाहीलाई माथिल्लो डोल्पामा १४ वर्षदेखि स्वयंसेवक शिक्षक र डोल्पाको सामाजिक विकासमा योगदान पु¥याएबापत सम्मान गर्न लागिएको हो । शिक्षातर्फ सम्मान पाउने युवाहरुको लिस्टमा परेका उनले प्रमाणपत्रसहित रु. एक लाख पनि पाउने भएका छन् ।

राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यविधि २०७२ बमोजिम शाही पनि राष्ट्रिय युवा प्रतिभा छनोट सिफारिस समितिबाट सिफारिस भएका थिए ।
डोल्पाका केटाकेटीलाई पाठ्य सामाग्री दिएर पठनपाठनमा उनले सहयोग गरिरहेका छन् ।

मन्त्रालयका अनुसार शिक्षाबाहेक उद्यमशीलता, विज्ञान प्रविधि, सामाजिक रुपान्तरण, कृषि, कला संस्कृति, साहित्य सिर्जना विधामा क्रमशः इलाम नगरपालिका–६ इलामका ३५ वर्षीय दिवस श्रेष्ठ, धनुषा जनकपुरका २८ वर्षीय अम्बर मण्डल, विज्ञानप्रविधितर्फ नै चितवन राप्ती नगरपालिका गडाँैलीका २० वर्षीय सरोज चेपाङ, गुल्मी, मालिका गाउँपालिका–५ छापहिलेकी २८ वर्षीया गंगा खड्का, कैलालीको धनगढी उपमहानगरपालिका–५ की गोमाकुमारी अधिकारी, जुम्ला चन्दननाथ नगरपालिका– २ डाँडाकोटका ३९ वर्षीय गोविन्द नेपाली सार्की छन् ।

त्यस्तै समाजसेवातर्फ नवलपरासी देवचुली नगरपालिका–१५ प्रगतिनगरका ३६ वर्षीय तिलोत्तम पौडेल , कृषि र उद्यमशीलतामा तनहुँका ३७ वर्याीय तेजविक्रम थापा, सूचना प्रविधि र सञ्चारतर्फ कास्की लेखनाथकी ३३ वर्षीया शर्मिला विश्वकर्मालाई सम्मान गर्न लागिएको हो ।

:1266 Views

Leave a Reply