आयोगमा उजुरी : शिक्षकको परीक्षा नै रद्द

भक्तपुर, २३ साउन । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परीक्षामा सहभागी ‘केही परीक्षार्थी’ को परीक्षा नै रद्द गरेको छ ।
स्थायी भएर पनि अस्थायीको परीक्षामा सहभागी भएका त्यस्ता शिक्षकको परीक्षा रद्द गरेको आयोगले आज प्रकाशन गरेको सूचनामा जनाइएको छ ।
‘यस आयोगको सिफारिश बमोजिम निम्न माध्यमिक तहमा स्थायी नियुक्ति लिई सकेका केही शिक्षकहरुको मिति २०७५।३।२९ मा सम्पन्न कार्यरत अस्थायी शिक्षकहरुले मात्र उम्मेदवार हुन पाउने माध्यमिक तहको परीक्षामा सम्मिलत भएको भनी आयोग समक्ष पर्न आएको उजुरीको सम्बन्धमा छानविन हुँदा आयोगको मिति २०७५।४।१६ गतेको निर्णयानुसार त्यस्ता परीक्षार्थीहरु पहिचान गरी परीक्षा रद्द गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’ सूचनामा भनिएको छ ।
सूचनामा केही परीक्षार्थी भने पनि यति उति भनेर खुलाइएको छैन ।
अस्थायी शिक्षकहरु मात्रै सहभागी हुन पाउने माध्यमिक तहको गत असार २९ गतेको परीक्षामा स्थायी शिक्षक समेत सामेल भएको विषयमा आयोगमा उजुरी परेपछि आयोगले छानविन गरेको थियो । स्रोतका अनुसार परीक्षाको कापी जाँचको लागि कोडिङको क्रम सुरु भइसकेको छ ।
कोडिङ गर्ने क्रममा केही स्थायी शिक्षकको समेत परीक्षामा सहभागी भएको यकिन भएपछि ‘केही परीक्षार्थी’ को भन्दै परीक्षा रद्द गरिएको आयोगले जनाएको छ । यसले आयोगमा परेको उजुरी छानविनलाई पनि सहयोग मिलेको छ ।
:6097 Views
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव