शिक्षा विभाग : बाहिर नाम फेरियो, भित्र उस्तै !

भक्तपुर २४ साउन । दुई शब्दको नाम फेरेर ६ शब्दमा पुगेको साविकको शिक्षा विभागको नाम भने बाहिरमात्र फेरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र लेखिएको साइन बोर्ड विभागको दुई ठाउँमा झुण्ड्याएर फेरिएको झल्को दिन खोजे पनि अझै बाहिरमात्र फेरिएको कुराका लागि केन्द्रको भित्रको तथ्य काफी छ ।

मुख्य गेटबाटै दखिने गेटमा मात्र नभएर केन्द्र छिर्ने ढोका माथिको भागमा पनि बोर्ड राखिएको छ । त्यसमा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र नै लेखिएको छ ।

शाखाका कर्मचारीहरुमा अझै पनि उही शैली ज्युँकात्युँ छ । अझ उनीहरुलाई देशको शैक्षिक संरचना फेरिएसँगै फेरिएको नामले सोह्रमाथि सत्र भएको छ । ‘यस्तै हो अहिले ट्रान्जिस्नल पिरियड छ ।’

बाहिर, सबैले देख्ने ठाउँमा केन्द्रको बोर्ड लेखिए पनि केन्द्र छिर्ने बित्तिक्कै देब्रे भित्तामा टाँगिएको नेमप्लेटमा भने अहिले पनि शिक्षा विभागै उल्लेख छ । यो दृष्यले पनि विभागको बाहिरी नाम फेरिएको भित्र भने उही रहेको स्पष्ट हुन्छ ।

यति मात्र नभएर बाहिरी नाम फेरिएको भित्रको कथा पनि उस्तै छ । कुनै शाखामा जाँदा खाली कुर्सी मात्र भेटिने, शाखा प्रमुखहरु नभेटिने पुरानै कथा नाम फेरिएसँगै फेरिने पर्ने हो तर अझ फेरिन सकेको छैन ।

साविकको विभागका शाखाका कर्मचारीहरुमा अझै पनि उही शैली ज्युँकात्युँ छ । अझ उनीहरुलाई देशको शैक्षिक संरचना फेरिएसँगै फेरिएको नामले सोह्रमाथि सत्र भएको छ । ‘यस्तै हो अहिले ट्रान्जिस्नल पिरियड छ ।’ एक शाखाका प्रमुखले भने ।

केन्द्रमा मानव संसाधन तथा आन्तरिक व्यवस्थापन शाखा, आर्थिक प्रशासन शाखा, भौतिक सुधार शाखा, शासकीय सुधार तथा आन्तरिक गुणस्तर शाखा, शैक्षिक सामग्री व्यवस्थापन शाखा, बहुभाषिक शिक्षा शाखाm, शैक्षिक परामर्श तथा विपद् व्यवस्थापन शाखा, विद्यालय स्वास्थ्य, पोषण तथा विद्यालय सम्पत्ति व्यवस्थापन शाखा, अनुगमन तथा व्यवस्थापन शाखा, निरीक्षण तथा मूल्याङ्कन शाखा, कार्यक्रम तथा बजेट शाखा, संघसंस्था तथा स्वयंसेवक समन्वय शाखा, शैक्षिक नक्साङ्कन शाखा, शैक्षिक प्रविधि प्रवर्द्धन शाखा, सञ्चार समन्वय शाखा, प्रारम्भिक बाल विकास शाखा, सामुदायिक विद्यालय व्यवस्थापन शाखा, संस्थागत विद्यालय व्यवस्थापन शाखा, विद्यालय कर्मचारी तथा स्रोतकेन्द्र व्यवस्थापन शाखा, विद्यालय शिक्षक व्यवस्थापन शाखा, वैकल्पिक शिक्षा शाखा, सहकार्यकलाप तथा समसामयिक शिक्षा शाखा, लैंगिक समविकास शाखा, शैक्षिक गुणस्तर प्रवर्दधन शाखा, प्राविधिक तथा व्यावसायिक शिक्षा शाखा, अनिवार्य शिक्षा तथा बाल अधिकार शाखा, शैक्षिक अनुसन्धान तथा विकास शाखा, शैक्षिक सूचना व्यवस्थापन शाखा, समावेशी शिक्षा शाखा छन् ।

ती शाखाहरुको काम अझै पनि चुस्त हुन सकेको छैन ।

:1909 Views

Leave a Reply