जिल्लाब्यापी यु—१६ फुटसलको उपाधि आदर्श जनप्रेमीलाई

भक्तपुर । भक्तपुर जिल्लाब्यापी यु १६ फुटसल गोल कप २०१८ मा कौशलटारस्थित आदर्श जनप्रेमी विजयी भएको छ । दोस्रोमा मोर्डन बोर्डिङ्ग सेकेण्डरी स्कुल र तेस्रो प्रिसियस पब्लिक इङ्गिलिस स्कुसले हात पारेको छ । उत्कृष्ट किपरमा मोर्डन बोडिङ्ग सेकेण्डरी स्कुलका किपर निराजन खड्का, उत्कृष्ट खेलाडीको अवार्ड आदर्श जनप्रेमि माविका सुगम खड्का र उत्कृष्ट स्कोरतर्फ मोर्डन बोर्डिङ्ग सेकेण्डरी स्कुलका खेलाडीले हात पार्न सफल भएका थिए ।
कार्यक्रमको समापन प्रदेश सभा सदस्य शंशीजङ्ग थापाले गर्नुभएको थियो । उहाँले विजयी टिम र खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले ट्रफी, मेडल,प्रमाणपत्र सहित नगद रु १५ हजार दोस्रो हुने टिमले ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद रु १० हजार र तेस्रो हुने टिमलाई ट्रफी, मेडल,प्रमाणपत्र सहित नगद रु ५ हजार प्रदान गरिएको थियो । प्रतियोगितामा ३२ वटा टिमको सहभागिता थियो ।
सम्बन्धित अभिलेखहरू
नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी
उसु प्रतियोगिताका विजयीलाई पदक वितरण
नगरब्यापी विद्यालयस्तरीय तेक्वाण्डो प्रतियोगितामा प्यारागन एकेडेमी उत्कृष्ट
सुरक्षित सिकाइका लागि अभिभावक शिक्षामा जोड
अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु
निओ फ्युजन इन्सिच्युटका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण
मुख्य खबरहरु
कोरोना कहरः लगभग ‘शुन्य’ सिकाइ
बैकल्पिक सिकाइको मारमा “आमाहरू”
अभिभावकका लकडाउन अनुभव